यमनी विमानस्थलमा अमेरिकी आक्रमण : हुथी  « Khabarhub

यमनी विमानस्थलमा अमेरिकी आक्रमण : हुथी 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

साना– संयुक्त राज्य अमेरिकाले शनिबार होडेइडाको विमानस्थलमा आक्रमण गरेको यमनी सञ्चारमाध्यमले हुथी स्रोतलाई उद्धृत गरी जनाएका छन् । 

हुथी निकट अल–मसिराह टिभीले ‘अमेरिकी आक्रामकता’लाई दोष दिँदै रेड सीको तटमा रहेको होडेइडास्थित विमानस्थललाई लक्षित गरी तीनवटा आक्रमण भएको जनाएको छ ।

बुधबार संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले विद्रोहीविरुद्ध ‘निरन्तर कारबाही’ भइरहेको पुष्टि गरेपछि इरान समर्थित विद्रोहीको टेलिभिजन च्यानलले बुधबार र शुक्रबार यस्तै आरोप लगाएको थियो ।

मार्च १५ मा संयुक्त राज्य अमेरिकाले हवाई आक्रमणको एक शृङ्खलाको घोषणा गरेको थियो जसमा अधिकारीहरूले वरिष्ठ हुथी नेताहरूसहित ५३ जनाको मृत्यु भएको विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

विद्रोहीहरूले इजरायली पानीजहाजमा पुनः आक्रमण गर्ने धम्की दिएपछि र ट्रम्पले कार्यभार सम्हालेपछि पहिलो पटक अमेरिकाको यो आक्रमण भएको हो ।-रासस

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : १६ बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली