प्रकाश सपुतलाई प्रश्न : ‘समाज भर्सेस समाज’ भनेको के ? « Khabarhub

प्रकाश सपुतलाई प्रश्न : ‘समाज भर्सेस समाज’ भनेको के ?


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रकाश सपुतले ‘वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको तप्का’ हरफलाई छोटकरीमा ‘वसन्त’ बनाएर त्यही शीर्षकमा चलचित्र बनाएका छन् । चैत २२ देखि प्रदर्शनमा आउने यो फिल्मका लेखक, निर्देशक र केन्द्रीय कलाकार उनी आफैँ हुन् ।

सामाखुसीस्थित एक फिल्म हलमा शनिबार कार्यक्रममको आयोजना गरी ट्रेलर सार्वजनिक भएको छ ।

उक्त कार्यक्रममा प्रकाशले फिल्म ‘अनाउन्समेन्ट’ टिजरमा जस्तो प्रेमसम्बन्धको कथामा मात्रै आधारित नभएको बताए ।

प्रकाशले फिल्मबारे भने, ‘लैङ्गिक विभेद, वर्गीय तथा गरिबी, विकटता, वैदेशिक रोजगार, माया प्रेमका कुरा र समाजमा नदेखिने दूरी, वसन्तमा देखाउने प्रयास गरेका छौं ।’

वसन्तको ट्रेलरमा प्रकाश सपुतले ‘वसन्त बिक’, नायिका स्वस्तिमा खड्काले ‘शान्ति शर्मा’, नायक प्रभात पाल ठकुरीले ‘प्रेम आर क्षेत्री’ र नायिका श्री सिभान्सीले ‘सपना बिक’को भूमिका निर्वाह गरेको खुलाउँछ ।

ट्रेलरले वसन्त बिक र शान्ति शर्मा तथा प्रेम आर क्षेत्री र सपना बिक अन्तरजातीय प्रेम सम्बन्धमा रहेको खुलाउँछ । उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न सक्छन् वा सक्दैनन् भन्ने कौतुहता ट्रेलरले प्रदान गर्छ ।

ट्रेलरको सुरुवातमै प्रकाशको संवाद छ, ‘गाउँमा सोच्दै नसोचेको झलमल्ल बिजुली बक्ति आयो, सम्झदै नसम्झिएको सररर मोटर बाटो आयो तर जति सोच्दा पनि जति सम्झँदा पनि बा आएनन् ।’

यो संवादले फिल्ममा प्रकाशका बुवा बैदेशिक रोजगारमा गएको र सञ्चार सम्पर्कबाट टुटेको संकेत गर्छ ।

ट्रेलरको सुरुवातमा वि.सं. २०६२/६३ लेखिएको छ । यसले माओवादी सशस्त्र संघर्ष र त्यस सयमको कथामा फिल्म बनेको संकेत गर्छ । ट्रेलरको अन्तिममा नायिका स्वस्तिमा माओवादी लडाकु बनेको देखाइएको छ । यसले प्रकाशले कथाको पृष्ठभूमि माओवादी जनयुद्ध बनाएको अशंकामा बढवा दिन्छ ।

ट्रेलरले फिल्ममा आमा–छोराको प्रेम, साथी–साथीबीचको, वैदेशिक रोजगारको प्रभाव, विकटताको समस्या र मनारोञ्जन जस्ता उपकथा भए पनि मुल कथा जातीय विभेदमा केन्द्रित रहेको बुझाउँछ ।

ट्रेलरमा एउटा उपशीर्षक छ, ‘समाज भर्सेस समाज’ । यो वसन्तको सपनाको किताबको शीर्षक पनि हो ।

‘समाज भर्सेस समाज’ अर्थ समाज-समाजको प्रतिस्पर्धा हुन्छ । त्यसो भए प्रकाशले फिल्ममा कुन समाजसँग कुन समाजको प्रतिस्पर्धा गराउन लागेका हुन् त ?

‘समाज भर्सेस समाज’ले फिल्ममा कुनै दुई समाजलाई भिडाउने अर्थ नलाग्ने नायिका स्वस्तिमाले बताइन् । उनले भनिन्, ‘हाम्रो एउटै समाज छ । यो एकै समाजका मान्छेहरुबीचको कुरा हो ।’

प्रकाशले भने यसको घुमाउरो जवाफ दिए । उनले भने, ‘यो थाहा पाउन फिल्म नै हेरौं न ।’

‘वसन्त’को ट्रेलर :

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ०३ बजे

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्