७ महिनामा साढे ३ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर « Khabarhub

७ महिनामा साढे ३ लाख बढीले व्यक्तिगत स्थायी लेखा नम्बर


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ७ महिनामा साढे ३ लाख बढी नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । अर्थ मन्त्रालयको माघ महिनाको अर्थ बुलेटिनअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ लाख ६३ हजार ७०२ जना नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका हुन् ।

अर्थ मन्त्रालयका अनुसार समीक्षा अवधिसम्म ४६ लाख १२ हजार ४०६ जना नेपालीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

त्यस्तै चालु आर्थिक वर्षको ७ महिनामा ६८ हजार ४८५ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयकाअनुसार माघ मसान्तसम्म नेपालमा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २० लाख १२ हजार ५८६ पुगेको छ ।

मूल्य अभिवृद्धि र अन्तःशुल्क करतर्फ दर्ता हुने करदाताको संख्या हालसम्म क्रमशः ३ लाख ४१ हजार ७१६ र १ लाख २३ हजार १३२ पुगेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४७ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको