एमालेनिकट पत्रकारलाई गौतमले भने- एक बित्ता नउफ्रिए हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन  « Khabarhub

एमालेनिकट पत्रकारलाई गौतमले भने- एक बित्ता नउफ्रिए हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीनिकट पत्रकारहरूलाई नयाँ नेतृत्व चयन सर्वसम्मतिबाटै गर्नुपर्ने बताएका छन् 

विराटनगरमा आइतबार सुरू एमालेनिकट पत्रकारहरू संलग्न प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गौतमले अहिले नेपाल पत्रकार महासंघको चुनाव नभई एमाले निकटहरूको महाधिवेशन भएकाले कोही पनि आफूखुसी उफ्रिएर हिँड्न नहुने बताएका छन् ।

‘अहिले यहीँ महाधिवेशन स्थलमा केही केही साथीहरू एक बित्ता उफ्रिएर पैरवी गरिरहेका छन्’, उनले भने, ‘नेतृत्वमा पुग्ने इच्छा छ भन्ने कुरा पनि होला । तर प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीसमेत इन्भल्भ हुन्छ । सबैले ख्याल गरौँ, यो नेपाल पत्रकार महासंघको चुनाव होइन ।’

उनले यो महाधिवेशनमा देशभरबाट सहमतिमा नेतृत्व चयन गर्न सन्देश दिएको बताएका छन् । ‘हामीलाई देशभरबाट सहमतिमा आओस् भनिएको छ’, उनले भने, ‘हामी सहमतिबाटै नेतृत्व चयन गर्छौँ, म प्रेस चौतारी नेपालको इन्चार्ज पनि हो । प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीको चासो हुन्छ। यो कुरा तपाईँहरू सबैले मनन गर्नुहोला ।’

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४६ बजे

सभापति लामिछानेले थाले कोशी र मधेसका सांसदसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको पछिल्लो समसामयिक

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि

‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत

काठमाडौं– ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक,

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,