एमालेनिकट पत्रकारलाई गौतमले भने- एक बित्ता नउफ्रिए हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन  | Khabarhub Khabarhub

एमालेनिकट पत्रकारलाई गौतमले भने- एक बित्ता नउफ्रिए हुन्छ, यो पत्रकार महासंघको चुनाव होइन 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीनिकट पत्रकारहरूलाई नयाँ नेतृत्व चयन सर्वसम्मतिबाटै गर्नुपर्ने बताएका छन् 

विराटनगरमा आइतबार सुरू एमालेनिकट पत्रकारहरू संलग्न प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गौतमले अहिले नेपाल पत्रकार महासंघको चुनाव नभई एमाले निकटहरूको महाधिवेशन भएकाले कोही पनि आफूखुसी उफ्रिएर हिँड्न नहुने बताएका छन् ।

‘अहिले यहीँ महाधिवेशन स्थलमा केही केही साथीहरू एक बित्ता उफ्रिएर पैरवी गरिरहेका छन्’, उनले भने, ‘नेतृत्वमा पुग्ने इच्छा छ भन्ने कुरा पनि होला । तर प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीसमेत इन्भल्भ हुन्छ । सबैले ख्याल गरौँ, यो नेपाल पत्रकार महासंघको चुनाव होइन ।’

उनले यो महाधिवेशनमा देशभरबाट सहमतिमा नेतृत्व चयन गर्न सन्देश दिएको बताएका छन् । ‘हामीलाई देशभरबाट सहमतिमा आओस् भनिएको छ’, उनले भने, ‘हामी सहमतिबाटै नेतृत्व चयन गर्छौँ, म प्रेस चौतारी नेपालको इन्चार्ज पनि हो । प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीको चासो हुन्छ। यो कुरा तपाईँहरू सबैले मनन गर्नुहोला ।’

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ४६ बजे

जलवायु परिवर्तनको विषयमा अन्तर्राष्ट्रिय अदालतको ऐतिहासिक निर्णय

काठमाडौं – जलवायु परिवर्तनको विषयमा संयुक्त राष्ट्र सङ्घीय अदालतले महत्त्वपूर्ण

प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बिहीबार) बस्दैछ ।

गाजामा भोकभोकै मर्नथाले सर्वसाधारण : राहतका लागि संयुक्त दबाब

काठमाडौं – सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल साउन ८ गते बिहीबार। साउन