धरानमा बालिकाको नारीवादी उपन्यास ‘प्याउली’ को विमर्ष | Khabarhub Khabarhub

धरानमा बालिकाको नारीवादी उपन्यास ‘प्याउली’ को विमर्ष


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

सुनसरी– आख्यानकार बालिका वान्तवाको हालै प्रकाशित उपन्यास कृति ‘प्याउली’ को विमर्ष भइरहँदा मञ्चमा स्त्री शक्ति र सत्ताको सुन्दर गठजोड भएको कानेखुशी चलिरहेको थियो दर्शक श्रोतामा । 

मञ्चमा थिए, सांसद कवि मिना श्रेष्ठ, समालोचक कथाकार विना थिङ, समालोचक डा. अस्मिता विष्ट र आख्यानकार बालिका बान्तवा । दर्शक दीर्घामा बसेर ‘प्याउली’ को समीक्षा सुनिरहेका कवि साहित्यकारहरू खुस्खुसाई रहेका थिए, अझ कुन्ता शर्मा, सिमा आभास, वैजयन्ती मिश्र, इन्दिरा मिश्रलाई पनि त्यही मंचको लहरमा राखेर प्याउली माथि बहस चलाउँदा झन् कस्तो देखिन्थ्यो होला । यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानमा उपन्यास प्याउलीको विमोचन समारोहमा पनि साहित्यकार उषा शेरचन, समालोचक विन्दु शर्मा र सञ्चारीका समूहकी अध्यक्ष तथा कवि विमला तुम्खेलाले संयुक्त लोकार्पण गरेका थिए । 

सम्भवतः मञ्चमा महिला समालोचक समीक्षकहरूलाई मात्र राखेर कुनै कृतिमाथि चर्चा गरिएको पूर्वमा यो पहिलो होला । आफ्नो कृतिको विमोचन र चर्चा गर्न कर्मथलो हङकङदेखि नेपाल आएकी बालिका वान्तवा भन्दै थिइन् ‘प्याउली’मा ८० प्रतिशत मेरो जीवनको वास्तविक भोगाई छन् बांकी कल्पनाका कुरा छन् । पढेर कस्तो लाग्यो भन्ने फैसला गर्ने अधिकार आम पाठकको जिम्मामा छाडेको छु ।’ 

 उनले आफ्नो जीवनमा आएको उतार चढाव, आशा निराशा, प्रेम र तिरस्कार, सफलता र असफलताका संगालोलाई आख्यानको रूप दिएर पाठकमाझ ल्याएको बताइन् ।

प्याउलीको समालोचना गर्न नै भनेर काठमाडौंबाट लामो दुरी तय गर्दै धरान आएकी सशक्त नारी हस्ताक्षर ‘याम्बुनेर’ कथाकार विना थिङले बालिकाको ‘प्याउली’ लाई सिधै नारीवादी आख्यान भएको दाबी गरिन् । उनले भनिन्, ‘यो उपन्यास पढिसक्दा मलाई थाहा थिएन कि एउटी लेखिका (बालिका वान्तवा) को आफ्नै जीवनको कथा भनेर । स्वयम् उपन्यासकारले भर्खर भने पछि मात्र थाहा भयो । आफ्नै जीवनका घट्नालाई कुनै पात्र मार्फत यति राम्रो शैलीमा व्यक्त गर्न सक्नु उनको लेखन शिल्प हो ।’ 

उनले कतिपय आख्यानमा उपन्यासकार आफै बोलिरहँदा पाठकलाई झर्को लाग्ने तर प्याउलीभित्र लेखिका बान्तवाले भोगेका घटनामार्फत पात्रको चरित्रलाई स्थापित गरिदिन सफल भएको र त्यो स्त्री पात्र लादिप्मा भएको बताइन् । उनले भनिन्, ‘प्याउनी भित्रका पुरुष पात्रहरू प्रतिकुल देखिएका छन् । जसले सम्बन्धहरू स्थापित गर्न कुनै न कुनै स्वार्थ राखेका हुन्छन् । त्यस्ता पात्रको रूपमा प्रशान्त र उनिहाङ आएका छन् ।’ 

प्याउली माथि विमर्ष गर्दै महेन्द्र बहुमुखी क्याम्पसकी डा अस्मिता विष्टले आख्यान सरल रेखामा नवगेर उवड खावड हुँदै बग्ने बताइन् । उनले आख्यानकारले प्याउलीलाई प्रमुख पात्र लादिप्मा मार्फत   कथालाई बाँधेर पाठकको मन छुने गरी उपन्यासलाई सललल बगाएको बताइन् । 

उनले भनिन्, ‘प्याउली भित्र पस्दा सुरुमै अर्थात् उपन्यासको पहिलो च्याप्टरमै सम्बन्ध विच्छेदको चर्चा आउँछ । त्यहाँ नायिकालाई हत्तपत्त भेटिन्न । तर पढ्दै जाँदा नायिकाको जन्म ८ औँ च्याप्टरमा मात्र भेटिन्छ त्यसपछि पाठकलाई झन् उत्सुकता बढेर डोर्‍याउछ अन्तसम्म ।’

 उनले सम्बन्ध विच्छेदको सकसपूर्ण घट्नालाई हेर्दा उपन्यासलाई नारी मनोविज्ञानको दृष्टिकोणबाट पनि हेर्न जरुरी रहेको बताइन् । उनले नेपाली समाजमा दम्पतीबीचको सम्बन्धमा आउने दरारहरूको विश्लेषण गर्न प्याउली उपन्यास सहयोगी हुने बताइन् । 

कलरव धरानले प्रकाशित गरेको उपन्यास ‘प्याउली’ को धरान विमर्षमा कोशी प्रदेश सांसद कवि मीना श्रेष्ठले सभाध्यक्षको भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : ५८ बजे

सरकारलाई प्रश्न- कता हिँडेको, बिजुली मारेर, कुलमानलाई फालेर (तस्बिरहरू)

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा

प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानले बिजुली, चिम र ट्रान्समिसन

ईप्पानका २४ सुझाव : विद्युत उत्पादनमा कर छुटदेखि सस्तो ब्याजदरमा कर्जासम्म

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले आगामी आर्थिक

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प

झापा– भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड

कुलमान समर्थक युवा र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

काठमाडौं- सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सोमबारदेखि