प्रत्येक प्रदेशमा नमूना हिरासत बनाउन सरकारलाई निर्देशन | Khabarhub Khabarhub

प्रत्येक प्रदेशमा नमूना हिरासत बनाउन सरकारलाई निर्देशन


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले प्रत्येक प्रदेशमा नमूना हिरासत निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।  

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले मुलुकभर रहेका हिरासतको अवस्था सन्तोषजनक नरहेको भन्दै प्रत्येक प्रदेशको उपयुक्त स्थानमा नमूना हिरासत निर्माण गर्न सरकारलाई निर्देशन दिएको हो । 

बैठकले क्षमताभन्दा बढी बन्दी नराख्ने गरी हिरासतको सबलीकरण गर्दै थुनुवा मैत्री बनाउन समेत मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यस्तै बैठकले प्रहरी हिरासतसँग सम्बन्धित मानवअधिकारका विषयहरूमा नीतिगत र कानुनी प्रबन्ध सुधार गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् । 

समितिले विभिन्न स्थानको प्रहरी हिरासतको स्थलगत अनुगमन प्रतिवेदन संसदमा पेश गर्ने वातावरण मिलाउन सभामुखलाई आग्रह गरिएको उनले बताइन् ।

त्यस्तै लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन प्रतिवेदन कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिइएको सभापति सुवेदीले जानकारी दिइन् ।

बैठकमा गृहमन्त्री रमेश लेखकले कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । उनले महिला भन्दा पुरुष बन्दीगृहमा ५५ प्रतिशत स्थानको अभाव रहेको र भएका कारागारको भौतिक अवस्था समेत सन्तोषजनक नरहेको बताए ।

सीमित स्रोत र साधनको अभावका काम गर्नुपरेका कारण देखिएका समस्या समाधान गर्न गृह मन्त्रालयले छलफल गरिरहेको उनको भनाइ छ । 

त्यस्तै गृहमन्त्री लेखकले बालविवाहसम्बन्धी ऐन संशोधनका क्रममा रहेकाले विवाहको उमेरसम्बन्धी प्रावधान सुधार गरी जान सकिने समेत बताए । 

उमेर घटाउने कि रोमियो एण्ड जुलियट अवधारणा कार्यान्वयनका लागि ऐन संशोधन गर्ने भन्ने विषयमा छलफल गर्न जरुरी रहेको उनले बताए  ।

त्यस्तै कानुनमन्त्री अजयकुमार चौरसियाले विवाहसम्बन्धी उमेर र सजायसम्बन्धी नयाँ प्रावधान समेटिएको विधेयक छिटै सदनमा प्रस्तुत गर्ने जानकारी दिए । 

बैठकमा समिति सदस्यहरूले विवाहसम्बन्धी हालको व्यवस्था व्यावहारिक नभएकाले संशोधन गरी १८ वर्ष कायम राख्न उपयुक्त हुने सुझाव दिएका थिए । 

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : १२ बजे

८१ वर्षको उमेरमा नागरिकता 

उदयपुर– उदयपुरको चौदण्डी गढी नगरपालिका– १ की ८१ वर्षीया कालमाया

घृणा जगाएर अमर बनेका ‘शकुनी’

भारतीय टेलिभिजनको इतिहासमा एक यस्तो पात्र छन्, जसको एक मुस्कान,

सुख्खाग्रस्त मधेशमा वर्षा, किसानलाई राहत

महोत्तरी– लामो समयदेखिको खडेरीले आहत भएका महोत्तरीका किसान वर्षा भएसँगै

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

सिरहा– सिरहाको माडर मुख्य भन्सारअन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो

अकबरेखेती गरेका किसानलाई बजारको चिन्ता

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ शिवाङका ओमराज मगर बारीमा लहलह फलेको