ओलीसहितका नेताको निर्देशनविपरीत निर्वाचन माग्दै चौतारीमा हस्ताक्षर अभियान | Khabarhub Khabarhub

ओलीसहितका नेताको निर्देशनविपरीत निर्वाचन माग्दै चौतारीमा हस्ताक्षर अभियान


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन प्रक्रिया निर्वाचनसम्म लैजान हस्ताक्षर अभियान सुरू भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, चौतारीका इन्चार्ज राजेन्द्र गौतम र जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको निर्देशनविपरीत निर्वाचन गराउन मागसहित हस्ताक्षर अभियान थालिएको हो ।

अध्यक्षमा दाबी गरिरहेका वर्तमान उपाध्यक्ष राजेश राईका समर्थक प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन प्रक्रिया निर्वाचनबाट गर्नुपर्ने मागसहित महाधिवेशन स्थलमा फ्लेक्स ब्यानर राखेर हस्ताक्षर संकलन गरेका हुन् । उक्त अभियानको पक्षमा अहिलेसम्म डेढ सय बढी प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

त्यसैगरी पुस्तिकामार्फत पनि अहिले हस्ताक्षर संकलन भइरहेको छ । चौतारीको महाधिवेशन उद्घाटनमा अध्यक्ष ओली आउने तालिका थियो । तर, चौतारीमा आफ्नो निर्देशनविपरीत अध्यक्षका दाबेदार राईसहितले निर्वाचन माग गरिरहेपछि विवादमा पर्ने डरले ओली आएनन् ।

उनी नआएपछि महाधिवेशन उद्घाटनमा महासचिव शंकर पोखरेल आए । उनले पनि उद्घाटन समारोहमा सम्बोधन गर्दै सकेसम्म सर्वसम्मतिले नेतृत्व चयन गर्न आग्रह गरे । उनले  निर्वाचनबारे मौनता साँधेर काठमाडौं फर्केका छन् । साँझ ७ बजेको उडानको टिकट अपराह्न ४ बजे सारेर उनी काठमाडौं फर्किएका छन् । स्रोतका अनुसार उनले प्रेस चौतारीको नयाँ नेतृत्वबारे एक पटक फेरि अध्यक्ष ओलीसँग परामर्श गर्न भएका छन् । 

यता इन्चार्ज गौतम र जनसंगठन समन्वय संम्यन्त्रका प्रमुख ढकाल कुनै हालतमा पेलेर भए पनि अध्यक्षमा गणेश पाण्डेलाई सर्वसम्मत गर्ने पक्षमा देखिएका छन् । अध्यक्ष दाबी गरिरहेका राईलाई उनीहरूले सम्बोधनका क्रममा चौतारीको नयाँ नेतृत्व चयन गरिँदा पार्टीले हस्तक्षेप गर्ने सन्देश दिए । 

यसअघि एमाले प्रचार विभागको सचिवमा नियुक्त गणेश पाण्डेले १० दिनमै राजीनामा दिएर चौतारीको अध्यक्षका लागि उत्रिएका छन् । ढकाल र गौतमको जोडबलमा पाण्डे अध्यक्षको दौडमा निस्किएका हुन् । उनैलाई अध्यक्ष बनाउन ओलीले पनि भनिसकेका छन् । तर आफ्नो निर्देशन लागू नहुने बुझेपछि ओली महाधिवेशन उद्घाटनमा आएनन् । 

उता राईलाई पनि साताअघि ओली, महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पनि अध्यक्षका लागि शुभकामना दिएका थिए । तर, अन्तिम समयमा राजेशको साटो गणेशलाई अध्यक्ष बनाउन ओलीले निर्देशन दिए । महासचिव पोखरेल र उपाध्यक्ष पौडेलले राजेशलाई अध्यक्ष भइसकेको भन्दै शुभकामनासमेत दिएका थिए ।

तर, अहिले नेताहरू पाण्डेले १० दिनमै राजीनामा दिएका पाण्डेको ठाउँमा राईलाई लाने गरी नयाँ नेतृत्व सर्वसम्मत घोषणा गरेर भित्तामा टाँस्न लागेको भन्दै हस्ताक्षर अभियान थालिएको हो।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : १९ बजे

ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

काठमाडौं– शनिबारदेखि सुरु हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ मा

राजावादी छेक्न प्रहरीले हाल्यो बानेश्वरको मूलसडकमै बार (तस्बिरहरू)

काठमाडौं- नवराज सुवेदी र दुर्गा प्रसाईंसहितका राजावादीहरूलाई तीनकुनेबाट अघि बढ्न

राजावादी र समाजवादीको प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं- समाजवादी मोर्चा र राजवादीहरूको प्रदर्शनका कारण काठमाडौंको सवारी व्यवस्थापन

इलाममा चिया टिप्न सुरु 

झापा– इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको

दोर्दी खोला जलविद्युतले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने 

काठमाडौं– दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद शेयर जारी गर्ने भएको छ