गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ५ जनाको दरखास्त स्वीकृत « Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपतिका लागि ५ जनाको दरखास्त स्वीकृत


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी विश्वविद्यालयमा रिक्त रहेको कुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका मध्ये ५ जनाको दरखास्त स्वीकृत भएको छ । ७ जनाको दरखास्त परेकामा २ जनाको अस्वीकृत भएको हो । 

कुलपति सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार प्राडा नवराज देवकोटा, प्राडा कुश्माकर न्यौपाने, प्राडा सरोज कोइराला, प्राडा विश्वकल्याण पराजुली र प्राडा ईन्द्रप्रसाद तिवारीको दरखास्त स्वीकृत भएको हो । 

 प्राडा कृष्णप्रसाद गौतम र सहप्राडा कृष्णप्रसाद अधिकारीको दरखास्त अस्वीकृत भएको छ । कानुनले तोके बमोजिमको योग्यता र कागजात नभएका कारण उनीहरूको दरखास्त अस्वीकृत भएको हो । 

फागुन २१ बाट १५ दिनको म्याद राखेर सूचना जारी भएकामा अन्तिम दिन बुधबारसम्म ७ जनाको आवेदन परेको हो ।
विश्वविद्यालयबाट गठित कुलपति सिफारिस समितिले ‘गण्डकी विश्वविद्यालयको कुलपति सिफारिससम्बन्धी कार्यविधि, २०८१’ अनुसार आवेदन आह्वान गरेको थियो ।

संस्थापक कुलपति कुलपति प्राडा गणेशमान गुरुङको कार्यकाल सकिनु अगावै विश्वविद्यालय ऐन अनुसार नै सिफारिस समिति गठन गरिएको थियो । कुलपति गुरुङको कार्यकाल फागुन ३ गते सकिएको हो ।

गण्डकी विश्वविद्यालय ऐन २०७६ को दफा २३ मा कुलपतिसम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा ३ मा कुलपति नियुक्तिका लागि सिफारिस गर्न न्यायिक परिषद् अध्यक्षको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिने व्यवस्था छ । जसमा प्रदेश लोकसेवा आयोगले तोकेको आयोगको सदस्य र न्यायिक परिषद्ले तोकेको न्यायिक परिषद् सदस्य रहने प्रावधान छ ।

हाल न्यायिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेल छन् । छनोट समिति सदस्यमा लोक सेवा आयोगबाट सदस्य कल्पना लम्साल र न्यायिक परिषद्बाट यमुना घले छन् ।

समितिको सचिवालय स्थापना भइसकेपछि कार्यविधि बनाएर दरखास्त आह्वान गरिएको हो । त्यसो त थप १ पदावधिका लागि सरकारले पहिलो कार्यकालकै कुलपतिलाई नियुक्त गर्न सकिने प्रावधान कानुनमा राखिएको छ । त्यो सम्भावना भने अब टरिसकेको छ ।

विद्यावारिधि उपाधि हासिल गरी प्राज्ञिक वा प्रशासनिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको र ४५ वर्ष उमेर पुगेको व्यक्ति कुलपतिका लागि योग्य हुने व्यवस्था छ ।

सिफारिस समितिले कुलपति पदमा नियुक्त हुन योग्य ३ जनाको नाम सिफारिस गर्नुपर्ने छ र यसरी सिफारिस भएका व्यक्तिमध्येबाट मुख्यमन्त्रीले कुलपति नियुक्ति गर्ने व्यवस्था ऐनले गरेको छ ।

गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो । यसको मुख्य कार्यालय मुस्ताङचोक, पोखरामा छ । विश्वविद्यालयले नेपाल सरकारबाट जग्गा प्राप्ति गरी पोखरा ३२ स्थित ज्ञानकुन्जमा स्थानीय तथा अस्थायी संरचना बनाइसकेको छ । अब मुख्य कार्यालयसहित सबै पढाइ उतै सार्ने तयारी छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ५५ बजे

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज