किरण मल्ल आर्मेनियाका लागि वाणिज्य दूतमा नियुक्त « Khabarhub

किरण मल्ल आर्मेनियाका लागि वाणिज्य दूतमा नियुक्त


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूतमा किरण मल्ल नियुक्त भएका छन् ।

परराष्ट्र मन्त्रालयले त्यससम्बन्धी पत्र प्राप्त भएको जनाउँदै मल्ललाई आज अनुमतिपत्र प्रदान गरिएको जानकारी दिएको छ । पत्रअनुसार मल्लले काठमाडौँ उपत्यका हेर्ने जिम्मेवारी पाएका छन् । मल्लको पदावधि २०८४ चैत ९ गतेसम्म हुनेछ ।

मन्त्रालयले सम्बद्ध नेपाली अधिकारी तथा नागरिकलाई मल्ललाई कर्तव्य पालनका सिलसिलामा आवश्यक सहयोग गर्न आग्रह गरेको छ । “अर्मेनिया गणतन्त्रका परराष्ट्रमन्त्री अरारात मिर्जोयानद्वारा जारी मिति १२ मार्च २०२५ को समादेश–पत्रमार्फत काठमाडौँ उपत्यकामा रहनेगरी किरण मल्ललाई नेपालको अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावलीबमोजिम अर्मेनिया गणतन्त्रको अवैतनिक वाणिज्यदूत पदमा स्वीकार गर्दै यो पत्र जारी गरिएको छ”, परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विसं २०१८ मा दाङमा जन्मिएका ऊर्जा व्यवसायी मल्ल बुटवल पावर कम्पनी लिमिटेडका पूर्वमहाप्रबन्धक छन् । उनले नर्वेबाट जलविद्युत् विषयमा स्नातकोत्तर गरेका छन् ।

नियुक्तिपश्चात् नेपालस्थित अर्मेतियाका अवैतनिक वाणिज्य दूत र परराष्ट्र मन्त्रालयका अधिकारीबीच द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ३३ बजे

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

फिल्म ‘कुमारी’को नेपालगञ्ज कन्सर्ट (तस्बिरहरु)

काठमाडौं – माघ २३ गते प्रदर्शन मिति तोकिएको दिनेश राउत

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ भेंडा मरे

मुस्ताङ- मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति