वाराहीघाटमा तय भएको कोटिहोम पोखराकै बिरौटामा हुने « Khabarhub

वाराहीघाटमा तय भएको कोटिहोम पोखराकै बिरौटामा हुने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको लेकसाइडस्थित वाराहीघाटमा हुने तय भएको गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । 

मानव सेवा फाउन्डेसनको आयोजनामा हुने कोटिहोम पोखरा १७ स्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गासहित आसपासका स्थानीयहरूको जमिनमा २०८१ चैत १७ गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमि पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमि पुजन रोक्न खोजेपछि दुवै पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो । 

त्यसपश्चात् पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाको सदस्य, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्व हिन्दू महासंघका प्रतिनिधि, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।

उक्त समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं. ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति) को स्वामित्वमा रहेको जमिन तथा आसपासका स्थानीयको जमीन भाडामा लिएर सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञका लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमति दिएपछि आयोजक मानव सेवा फाउन्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।

पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिएपश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।

आइतबार महायज्ञका संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तीसामु महायज्ञस्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधि, स्थानीय संघसस्थाका प्रतिनिधिले कोटीहोम सफल बनाउनका लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।

कोटीहोमका लागि भन्दै आयोजक संस्थाले पोखराका विभिन्न स्थानका चौतारी मुठुर्‍याएपछि पोखरा महानगरपालिकाले उक्त संस्थालाई कारबाही गर्ने बताएको थियो । यो विषय अदालतमा समेत पुगिसकेको छ । महानगर र आयोजक संस्थाबीच समझदारी भए पनि मुद्दा भने विचाराधीन नै छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ७ : ५० बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका