एसइई परीक्षामा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित निरीक्षक हटाइयो « Khabarhub

एसइई परीक्षामा अमर्यादित काम गरेको भन्दै केन्द्राध्यक्षसहित निरीक्षक हटाइयो


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पर्सा । जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अमर्यादित कार्य गर्ने स्थानीय एक विद्यालयका केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षसहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ ।

प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० गणेश अर्यालको अध्यक्षतामा आज बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले महानगरस्थित सुरजीदेवी माध्यमिक विद्यालयको केन्द्रमा अनियमितता, लापरबाही तथा उच्छृङ्खल क्रियाकलाप देखिएकाले केन्द्राध्यक्ष नन्द्रकिशोर राम, सहायक केन्द्राध्यक्षद्वय सविता चौधरी र चन्द्रशेखर झासहित केन्द्रमा खटिएका सबै निरीक्षकलाई जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो ।

प्रजिअ अर्यालले वैकल्पिक सूचीमा रहेका नेपाल राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ब्रजमोहनप्रसाद कानुलाई उक्त परीक्षा केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिनुभयो । सोही परीक्षा केन्द्रका परीक्षार्थी ‘सिम्बल नम्बर’ ०३७०२४५६ ‘डि’ लाई यस वर्षको परीक्षाबाट निष्काशन गर्ने निर्णय पनि गरिएको छ ।

वीरगञ्ज महानगरकै नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरका केन्द्राध्यक्षलाई संदेहास्पद गतिविधि गरी उक्त केन्द्रको समग्र अनुशासनको पक्ष फितलो बनाएको भन्दै थप सावधानी, सतर्कता र अनुशासित भएर परीक्षा सञ्चालन गर्न सचेत गराइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : ०१ बजे

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध

राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

मनाङ– विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक