ओढारचौर–ढोडेनी सडक : ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्र « Khabarhub

ओढारचौर–ढोडेनी सडक : ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्र


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको ओढारचौर–ढोडेनी सडक ट्रयाक खुलेको २६ वर्षपछि स्तरोन्नति हुन थालेको छ । विसं २०५६ मा स्थानीयले गैँची र कोदालोको सहायताले ट्रयाक खोलेको सडक साढे दुई दशकपछि स्तरोन्नति हुन थालेको हो ।

तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको पाँच लाख र ढोडेनीका स्थानीयले २०५६ सालमा ३६ दिनसम्म श्रमदान गरेर निर्माण गरेको सडक आगामी असार महिनाभित्र कालोपत्र हुने गरी धमाधम काम भइरहेको छ । विश्व बैंकले नेपाल सरकारलाई उपलब्ध गराएको ऋणबाट बागलुङ नगरपालिकाले तीन वटा सडक कालोपत्र गर्न रु ५८ करोड अनुदान पाएको थियो । 

उक्त बजेटबाट कालोपत्र गर्नका लागि बागलुङ नगरपालिकाले ओढारचौर–ढोडेनी फोर्से सडकसँगै वडा नम्बर १ गणेशथान घुम्ती–माझीबस्ती–निरयघाट सडक र वडा नम्बर ७ को मूलपानी स्कुल हर्राचौर कालीमाटी–तितौरे सडक छनोट गरेको थियो । नगरपालिकाले ०८१ जेठ १५ गते आशिष-फेवा जेवीसँग १२.५ किलोमिटर सडक कालोपत्र गर्न ४९ करोड २१ लाखमा २०८२ असार ३० भित्रमा निर्माण सक्ने गरी सम्झौता गरेको थियो ।

लामो समयपछि सडक कालोपत्र हुने भएपछि स्थानीय खुसी भएका छन् । बागलुङ–४ ढोडेनीका प्रेमप्रसाद आचार्यले २६ वर्ष अगाडि आफू ५४ वर्षको उमेर हुँदा कम्मरमा लट्ठा बाँधेर गैँची र कोदालोले ओढारचौरको पहरो फोडेर सडक निर्माण गरेको स्मरण गरे। आफूले भोगेको दुखः छोरानातिले नभोगुन भनेर त्यो बेला स्थानीय एकजुट भएको उनी बताउँछन् । 

उनले भने, ‘उति बेला अहिलेको जस्तो मेसिनको सुविधा थिएन, हामीहरूले पहरोमा गल गाडेर, गलमा लट्ठो बाँधेर त्यही लट्ठो कम्मरमा बाँधी झुन्डिएर भिर काटेर डोरेटो खनेका थियौँ, आचार्य भने’, अहिले ‘म ७९ वर्षको भए, बाटो बन्न २६ वर्ष लाग्यो ।’

अहिले उक्त सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायतका काम सकिएको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिए । 

वैशाख महिनाभित्रै कालोपत्र समेत गरिसक्ने गरी काम भइरहेको शर्माले बताए। काम सुरु गरेको पाँच महिनामा संरचना निर्माणको ९५ प्रतिशत काम सकिएको उनी बताउँछन्।
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ०७ बजे

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक