कीर्तिपुर, धुनीबेँसी र दक्षिणकाली नगरपालिकालाई चन्द्रागिरिको सहयोग « Khabarhub

कीर्तिपुर, धुनीबेँसी र दक्षिणकाली नगरपालिकालाई चन्द्रागिरिको सहयोग


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चन्द्रागिरि नगरपालिकाले अन्तर्पालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न  दश–दश लाख रकम उपलब्ध गराउने भएको छ । 

कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ । 

यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि–२ र धुनिबेँसी–९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका–८ स्थित टिमुरबोट–ओबी डाँडा–घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले रु १० लाख उपलब्ध गराएको हो । 

चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनीबेँसी र दक्षिणकाली नगरपालिकाका नगरप्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे । 

सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनाल लगायत अन्य जननिर्वाचित प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ५७ बजे

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ