जम्मू–कश्मीर आक्रमणका शङ्कास्पद तीन व्यक्तिको स्केच सार्वजनिक | Khabarhub Khabarhub

जम्मू–कश्मीर आक्रमणका शङ्कास्पद तीन व्यक्तिको स्केच सार्वजनिक


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जम्मू-कश्मीरस्थित पहलगाममा २७ जना पर्यटक मारिने गरी भएको आतंककारी आक्रमणमा संलग्न भनिएकाहरूको स्केच सार्वजनिक गरिएको छ।

मंगलबार भएको आक्रमणमा २७ जनाको ज्यान जाँदा २० भन्दा बढी घाइते भएका छन् । स्थानीय बेसरन उपत्यकामा खचाखच पर्यटक रमाइरहेका बेला आक्रमण भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

लश्कर-ए-तैयबाले जिम्मेवारी लिएको उक्त आक्रमणमा मृत्यु हुनेहरूमा एकजना नेपाली युवा सुदीप न्यौपाने पनि छन् । उनी रुपन्देहीको बुटवल उपमहानगरपालिकाका हुन्।

आक्रमणमा यूएईका एकजना मारिएका छन् । स्थानीयबासी दुईसहित भारतकै उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिसाका पर्यटक पनि मारिएको समाचार आएको छ ।

यसैबीच भारतीय सुरक्षा अधिकारीले पहलगाम आक्रमणका शङ्कास्पद आतंककारीको स्केच जारी गरेको छ । जसको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको इन्टेलिजेन्स एजेन्सीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम दैनिक भाष्करको अनलाइन संस्करणले जनाएको छ ।

सुरक्षा एजेन्सीका अनुसार यो आक्रमणका ‘मास्टर माइण्ड’ लश्कर– ए– तैयबाका सह-प्रमुख सैफुल्लाह खालिद रहेको उल्लेख गरिएको छ ।

समाचार अनुसार यो आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाको ‘प्रोक्सी विङ’ द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले लिएको छ ।

यसैबीच पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले यो आक्रमणमा पाकिस्तानको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

भारतीय सुरक्षा संस्था नेशनल इन्भेस्टिगेशन एजेन्सी (एनआईए) निरीक्षणका लागि पहलगाम पुगेको छ ।

मिडियाका अनुसार जम्मू–कश्मीरमा १४ फेब्रुअरी सन् २०१९ मा भएको पुलवा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो ।

पुलवामा सीआरपीएफको समूहमाथि संगठित आक्रमण भएको थियो । जसमा ४० जवान शहीद भएका थिए । यो आक्रमणको जिम्मेवारी जैश– ए– मोहम्मदले लिएको थियो ।

४ शङ्कास्पदको तस्बिर भाइरल

पहलगाम आक्रमणका शङ्कास्पद व्यक्तिहरू भनिएको, सामाजिक सञ्जालमा भाइरल तस्बिर

सोसल प्लेटफर्ममा एउटा तस्बिर भाइरल भइरहेको छ । यो तस्बिर पहलगाममा आक्रमण गर्ने ४ आतंककारी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यद्यपि सुरक्षा अधिकारीहरूका तर्फबाट शङ्कास्पद व्यक्तिको स्केचमात्र सार्वजनिक गरिएको छ । सुरक्षा एजेन्सीले आक्रमण देख्ने साक्षीहरूको सहयोगबाट यो स्केच बनाएको हो ।

आक्रमण आसिफ फौजी, सुलेमान शाह र अबु तल्हाले गरेको सुरक्षा एजेन्सीले उल्लेख गरेका छन् । यद्यपि कुनचाहिँ तस्बिर कसको हो भन्ने नखुलेको सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ३६ बजे

तिहार पर्वले भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्छः उपराष्ट्रपति

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’को भावनालाई चरितार्थ

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर