मुख्यमन्त्री कँडेलको सुझाव- विद्यालय नगएका बालबालिकाको हितमा आवाज उठाऔँ « Khabarhub

मुख्यमन्त्री कँडेलको सुझाव- विद्यालय नगएका बालबालिकाको हितमा आवाज उठाऔँ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउन बालबालिकालाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुझाव दिएका छन् । 

कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरूसँग साक्षात्कार गर्दे मुख्यमन्त्री कँडेलले आफ्नो मात्र नभएर विद्यालय जान नपाएका बालबालिकाहरूको सवाललाई उठाउन उनीहरूलाई आग्रह गरेका हुन् । 

विद्यालय जान नपाएका बालबालिकाहरूको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरू नै बढी जानकार हुने भएको हुँदा उनीहरूलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न मुख्यमन्त्री कँडेलले सुझाव दिए । ‘तपाईँहरू कै घर छिमेकका बालबालिकाहरू अझै विद्यालय बाहिर छन्,’ उनले भने,‘उनीहरूलाई प्रेरित गर्नुहोला ।’

समाजमा देखिएको हानिकारक कुरीति अन्त्य गर्न बालबालिकाको भूमिका महत्त्वपूर्ण हुने पनि मुख्यमन्त्री कँडेलले बालबालिकालाई सुझाव दिए । हानिकारक कुरीति जन्मिने घरबाट भएकोले आफ्नो घरमा त्यस्तो कुरीति जन्मन नदिन अभिभावकलाई सचेत गराउनुपर्ने मुख्यमन्त्री कँडेलको भनाई थियो । 
   
मुख्यमन्त्री कँडेलले राजनीतिबारे बुझ्न तर सानै उमेरमै राजनीति नगर्न पनि बालबालिकालाई सुझाव दिए । ‘यो उमेरकै तपाईँहरूलाई राजनीति गर्नुस् त भन्दिन तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला,’ उनले भने,‘राजनीति भनेको अधिकारको खोजीको यात्रा हो ।’

यसैबीच कर्णाली प्रदेश स्तरीय बाल संजालका पदाधिकारी र सदस्यहरूले आज भेटघाट गरी ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझाउँदै संजालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरूको उचित सवालको समयमै व्यवस्थापन गर्नुपर्ने, बालविवाह न्यूनीकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातीय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरुमाथिको हिंसा न्यूनीकरण गर्न कानुनसँगै व्यवहारिक रूपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : १० बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण