बजेट अधिवेशनको पहिलो बैठकमा सबै शीर्ष नेताहरूको सम्बोधन | Khabarhub Khabarhub

बजेट अधिवेशनको पहिलो बैठकमा सबै शीर्ष नेताहरूको सम्बोधन


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही वैशाख १२ गते बस्ने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा संसद्मा रहेका दलहरूका सबै शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

पहिलो बैठकका क्रममा सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमति जुटेको सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

बुधबार बसेको प्रमुख सचेतक र सचेतकहरूसँग सभामुखको बैठकमा यस्तो सहमति जुटेको अधिकारीले बताएका छन् ।

सभामुख घिमिरेले सबै दलका प्रमुख सचेतक र सचेतकहरूसँग बुधबार राखेको बैठकमा यस्तो सहमति बनेको हो ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी वर्षे अधिवेशन बोलाएको हो । यी अधिवेशनमा २२ दिनदेखि आन्दोलित शिक्षकको माग सम्बोधनका लागि विद्यालय शिक्षा ऐन पेश हुने सम्भावना छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २२ बजे

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

तनहुँ – जिल्ला निर्वाचन कार्यालय तनहुँ आगामी फागुन २१ गते

प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाउँदै जेन्जी मुभमेन्टले घोषणा गर्‍यो संघर्षको कार्यक्रम

काठमाडौँ- जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक