आन्दोलनरत शिक्षकले सडकमै रक्तदान गर्ने « Khabarhub

आन्दोलनरत शिक्षकले सडकमै रक्तदान गर्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंमा तीन सातादेखि आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरू रक्तदान गर्ने भएका छन् । आन्दोलनको २३औँ दिन भोलि (बिहीबार) सरकारविरुद्धको प्रदर्शनका क्रममा उनीहरूले सडकमै रक्तदान गर्ने तयारी गरेका छन् । 

नेपाल रातह शिक्षक केन्द्रीय समितिका अध्यक्ष नवीनसिंह धामीले दिउँसो २ बजे नयाँ बानेश्वरनजिक सडकमै बृहत् रक्तदान कार्यक्रम गरिने जानकारी दिए । 

‘सधैँ जसरी भोलि पनि हाम्रो आन्दोलन बिहान ११ बजे माइतीघर मण्डलाबाट सुरु हुन्छ । नयाँ बानेश्वर पुगेपछि दिउँसो २ बजे प्रदर्शन समापनसँगै रक्तदान गर्छौँ,’ उनले खबरहबसँग भने ।  
 
सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू काठमाडौंमा दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।  

विद्यालय, विद्यार्थी तथा शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २२ दिन पुगिसकेको छ । 

शिक्षक–कर्मचारीको पेशागत हकहितको संरक्षण र प्राप्ति तथा गुणस्तरीय विद्यालय शिक्षाको विकासको पक्षमा सक्रिय महासंघले चैत २० देखि आफूमातहतका विभिन्न पेशागत संघ–संगठनमार्फत् देशभरबाट शिक्षकहरू काठमाडौं उतारेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २५ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण