कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला तोक्नु पर्छ : श्रममन्त्री « Khabarhub

कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला तोक्नु पर्छ : श्रममन्त्री


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला हुने पर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा नेपालमा प्रभावकारी पारिश्रमिक नीतिहरूको रूपरेखा तयार पार्ने र कार्यान्वयन गर्ने विषयमा आयोजित सचेतना कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कामको प्रकृति अनुसार तलब सुविधाको प्रकृति हुनु पर्ने उनले बताए । 

उनले रोजगारदाता, श्रमिक, ट्रेड  युनियन सबै सरोकारवालाहरूबीच गहन छलफल गरी श्रमिकहरूको न्यूनतम ज्याला र सुविधा सम्बन्धमा एउटा ठोस सूत्रको खोजी गरी सहमत हुन सके सबैको लागि उत्तम हुने बताए ।

यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताउँदै श्रमिकको हितमा के के गर्न सकिन्छ त्यसका लागि काम गर्नु पर्नेमा जोड पनि दिए । 

उनले श्रमिकहरूको ज्यालाको सम्बन्धमा त्यसका आधारहरू, मापदण्ड सहितका सूत्र निर्माण गर्नुपर्नेमा ढिला गर्न नहुने बताए ।  

त्यसै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले न्यूनतम पारिश्रमिक तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठ्यारो नहुने गरी गर्नुपर्नेमा जोड दिए । 

ट्रेड युनियनका तर्फबाट जेटियुसीसीका महासचिव इन्द्रदेव मिश्रले निजी र सरकारी दुवै क्षेत्रका कामदारका लागि बराबर न्यूनतम ज्याला तोक्नु पर्ने बताउँदै रोजगारदाताले फराकिलो हृदय गर्न सके यो विषय कठिन नरहेको बताए ।

 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा आयोजित कार्यशालामा सरोकारवालाहरुबिच न्यूनतम पारिश्रमिकबारे गहन छलफल सुरु भएको छ । उक्त कार्यशाला दुई दिन सम्म चल्नेछ । 
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ३५ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई