कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला तोक्नु पर्छ : श्रममन्त्री « Khabarhub

कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला तोक्नु पर्छ : श्रममन्त्री


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामको प्रकृति अनुसार श्रमिकको न्यूनतम ज्याला हुने पर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा नेपालमा प्रभावकारी पारिश्रमिक नीतिहरूको रूपरेखा तयार पार्ने र कार्यान्वयन गर्ने विषयमा आयोजित सचेतना कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कामको प्रकृति अनुसार तलब सुविधाको प्रकृति हुनु पर्ने उनले बताए । 

उनले रोजगारदाता, श्रमिक, ट्रेड  युनियन सबै सरोकारवालाहरूबीच गहन छलफल गरी श्रमिकहरूको न्यूनतम ज्याला र सुविधा सम्बन्धमा एउटा ठोस सूत्रको खोजी गरी सहमत हुन सके सबैको लागि उत्तम हुने बताए ।

यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताउँदै श्रमिकको हितमा के के गर्न सकिन्छ त्यसका लागि काम गर्नु पर्नेमा जोड पनि दिए । 

उनले श्रमिकहरूको ज्यालाको सम्बन्धमा त्यसका आधारहरू, मापदण्ड सहितका सूत्र निर्माण गर्नुपर्नेमा ढिला गर्न नहुने बताए ।  

त्यसै उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले न्यूनतम पारिश्रमिक तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठ्यारो नहुने गरी गर्नुपर्नेमा जोड दिए । 

ट्रेड युनियनका तर्फबाट जेटियुसीसीका महासचिव इन्द्रदेव मिश्रले निजी र सरकारी दुवै क्षेत्रका कामदारका लागि बराबर न्यूनतम ज्याला तोक्नु पर्ने बताउँदै रोजगारदाताले फराकिलो हृदय गर्न सके यो विषय कठिन नरहेको बताए ।

 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा आयोजित कार्यशालामा सरोकारवालाहरुबिच न्यूनतम पारिश्रमिकबारे गहन छलफल सुरु भएको छ । उक्त कार्यशाला दुई दिन सम्म चल्नेछ । 
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ३५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ