उखुको रस बेचेर मासिक ९० हजार आम्दानी गर्छन् इटहरीका | Khabarhub Khabarhub

उखुको रस बेचेर मासिक ९० हजार आम्दानी गर्छन् इटहरीका


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धरान– इटहरी उपमहानगरपालिका–६ का सरोज गौतमले ११ वर्षदेखि उखुको जुस बनाउने व्यापार गर्दै आPएका छन्  । उनको गर्मी मौसममा मासिक ९० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । 

बढिरहेको चर्को गर्मी अनि सडक छेउमा राखिएको उखु जुसको कक्ष (स्टल) त्यस स्टलभित्र राखिएको प्रेस उपकरण, त्यही उपकरणले पेलेर दिएको मिठो जुस यात्रीका लागि शीतलता दिनुका साथै व्यापारीको आम्दानी पनि बढाएको छ ।

गौतम सात वर्ष मलेसियामा सुरक्षा गार्डका रूपमा काम गरेर स्वदेश फर्केपछि इटहरी घर नजिकै एउटा गल्लीमा उखुको जुस बनाउने व्यापार सुरु गरे ।

उनले ११ वर्षदेखि यही पेसा गर्दै आएको भन्दै गर्मी समयमा मासिक ९० हजार रुपैयाँसम्म आम्दानी हुने जानकारी दिए । उनका अनुसार सबै खर्च कटाएर मासिक रु ४० हजार बचत हुने गरेको छ ।

गौतमले भने, ‘उखुको जुस बेचेर छोराछोरी पढाउनुका साथै सबै घरखर्च पुगेको छ । विदेशमा तातो घाममा दुःख गर्नुभन्दा स्वदेशमै सानै भए पनि आफ्नो व्यवसाय सञ्चालन गर्नु उपयुक्त हुन्छ ।’

सुरुमा टेम्पो चलाए पनि आम्दानी नभएपछि ७० हजार रुपैयाँमा जुस बनाउने उपकरण किनेर व्यवसाय सुरु गरेको उनको भनाइ छ । ‘जुस बनाउने उखु सहजै उपलब्ध हुन्छ, समस्या छैन । आफैँले बराहक्षेत्रमा करिब एक बिघा जग्गा भाडामा लिएर उखु खेती गरेको छु । अपुग भएमा अन्य किसानसँग किन्ने गर्दछु’, उनले भने ।

उखुको जुस स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उपयुक्त हुने इटहरीका अस्मिता श्रेष्ठले बताइन् । ‘गर्मीमा बाहिर पसलमा राखिएका तयारी जुस पिउनुभन्दा यहाँको ताजा र स्वादिलो जुस पिउँदा स्वास्थ्यका लागि पनि लाभदायी हुन्छ’, उनले भनिन् । 

गौतमजस्तै धरान उपमहानगरपालिका–५ का दीपक श्रेष्ठ १० वर्ष कतार र चार वर्ष इरानमा काम गरेर स्वदेश फर्किए । उनले अहिले धरानका गल्लीगल्लीमा आफ्नो व्यवसायलाई विस्तार गरेका छन् । यही पेसाबाट जीविकोपार्जन भइरहेको उनले बताए।

‘सुरुमा धेरै चुनौती र समस्याहरू भए पनि अहिले यो व्यवसायले सन्तुष्टि दिएको छ । अहिले मसँग सामूहिक रूपमा काम गर्ने दुई जना साथी पनि जोडिनुभएको छ । हामीले सामूहिक रूपमा धरान, इटहरीलगायत विभिन्न ठाउँमा उखुको जुसको कक्ष राखेका छौँ’, श्रेष्ठ ले भने ।

सानो लगानी भए पनि जुसका लागि उखु खरिद, उपकरण, बजारको प्रतिस्पर्धी वातावरणसँग जुध्नुपर्ने भएकाले सुरुआतमा चुनौतीपूर्ण रहेको उनले सुनाए । उनले भने, ‘सुरुमा ग्राहक आउनुहुँदैनथ्यो । गल्लीहरू र घरघरमा गएर जुस खाइदिनुपर्‍यो भन्दै बेचेर हिँड्यौँ । अहिले भने ग्राहकले फोन गरेर जुसको कक्ष खोज्दै आउनुहुन्छ ।’
 
श्रेष्ठको स्टलमा १० वर्षदेखि एक जनाले रोजगारी समेत पाएका छन् । झापामा तीन बिघा जग्गामा उखु खेती गरेको बताउँदै उनले खेतीमा सहजीकरण गर्न थप दुई जनालाई रोजगारी दिएको जानकारी दिए । 

‘आफ्नो व्यवसायसँगै अरूलाई रोजगार दिन सक्दा गर्व महसुस हुन्छ । सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले मनग्ये आम्दानी भइरहेको छ । व्यापार सधैँ एकनासको हुँदैन तर सन्तोषजनक छ । सबै कर्मचारीलाई तलब, छोराछोरी पढाउने, घर खर्च पुगेर ७० हजार बचत हुन्छ’, उनले भने ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ५१ बजे

सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका- खल्तीका योजना हालेर भ्रष्टाचार गर्न खोजिएको हुन सक्छ

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अर्थमन्त्री विष्णु

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी

विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कञ्चनपुर–  पुनर्वास नगरपालिका-११ अमरबस्ती गवानी टोल बस्ने २५ वर्षीय कृष्ण बहादुर चन्दको

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

पाँचथर– २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फालेलुङ गाउँपालिका-७ पापुङदेन

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– बैंकिङ कसूर मुद्दाका फरार दुई जना प्रतिवादीहरूलाई आइतबार प्रहरीले पक्राउ