शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग « Khabarhub

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
 
पार्टी मुख्यालय पेरिसडाँडामा आज पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आसन्न संसद् अधिवेशनको प्रारम्भमा शिक्षा ऐन पारित गरेर आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन माग गरे।
 
माओवादीले लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

वर्तमान सरकारको ध्यान सुशासन, भ्रष्टाचार नियन्त्रण र जनभावना सम्बोधन गर्नेतर्फ लक्षित गर्न माओवादीले सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : २६ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका