टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प « Khabarhub

टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीमा बुधबार दिउँसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्पका कारण टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलसहितमा ठूला भवनहरू हल्लिएका छन् ।

समाचार अनुसार यो भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ४९ मिनेटमा गएको हो । यस भूकम्पको केन्द्रबिन्दु इस्तानबुलस्थित सिल्भ्री क्षेत्रस्थित मार्मरा सागरको तटमा रहेको छ ।

टर्कीको विपद् तथा आपत्कालीन प्राधीकरणका अनुसार भूकम्पपछिको क्षतिबारे विवरण संकलनको काम भइरहेको छ ।

यो भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा १० किलोमिटर भित्र रहेको जर्मन रिसर्च एन्ड सेन्टर फर जियोसाइन्सलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

टर्किस अधिकारीहरूका अनुसार अहिलेसम्म ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको विवरण आइसकेको छैन ।

तर बोस्फोरस स्ट्रेटको युरोपेली र एसियाली किनारमा अवस्थित शहरमा भौतिक संरचना हल्लिएपछि मानिसहरू सडकमा निस्किएका छन् ।

टर्कीको एक टेलिभिजन च्यानल टीजीआरटीले सार्वजनिक बिदाको समयमा आएको भूकम्पका बेला बाल्कोनीबाट हामफाल्दा एकजना व्यक्ति घाइते भएको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ४० बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र