टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प « Khabarhub

टर्कीको ठूलो सहर इस्तानबुलमा ६.२ म्याग्निच्यूडको भूकम्प


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टर्कीमा बुधबार दिउँसो ६.२ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ । यो भूकम्पका कारण टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलसहितमा ठूला भवनहरू हल्लिएका छन् ।

समाचार अनुसार यो भूकम्प स्थानीय समयअनुसार मध्यान्ह १२ बजेर ४९ मिनेटमा गएको हो । यस भूकम्पको केन्द्रबिन्दु इस्तानबुलस्थित सिल्भ्री क्षेत्रस्थित मार्मरा सागरको तटमा रहेको छ ।

टर्कीको विपद् तथा आपत्कालीन प्राधीकरणका अनुसार भूकम्पपछिको क्षतिबारे विवरण संकलनको काम भइरहेको छ ।

यो भूकम्पको केन्द्रबिन्दु पृथ्वीको सतहभन्दा १० किलोमिटर भित्र रहेको जर्मन रिसर्च एन्ड सेन्टर फर जियोसाइन्सलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

टर्किस अधिकारीहरूका अनुसार अहिलेसम्म ठूलो भौतिक पूर्वाधारमा क्षति पुगेको विवरण आइसकेको छैन ।

तर बोस्फोरस स्ट्रेटको युरोपेली र एसियाली किनारमा अवस्थित शहरमा भौतिक संरचना हल्लिएपछि मानिसहरू सडकमा निस्किएका छन् ।

टर्कीको एक टेलिभिजन च्यानल टीजीआरटीले सार्वजनिक बिदाको समयमा आएको भूकम्पका बेला बाल्कोनीबाट हामफाल्दा एकजना व्यक्ति घाइते भएको जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ४० बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज