रास्वपाले बोलायो संसदीय दलको बैठक  « Khabarhub

रास्वपाले बोलायो संसदीय दलको बैठक 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार २ बजेबाट रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने रास्वपा प्रवक्ता मनिस झाले जानकारी दिए। 

बुधबार सभामुखसँगको छलफलपछि रास्वपाले दलको बैठक बोलाएको हो । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग १२ गते सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गरेका थिए । 

झाका अनुसार रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बैठक बोलाइएको हो । बैठकमा संसद्को आगामी अधिवेशनका सम्बन्धमा छलफल हुने बताइएको छ । 

यस्तै वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले संसदीय दललाई दिएको निर्देशनका सम्बन्धमा पनि छलफल हुने प्रवक्ता झाको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : २१ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई