अर्थमन्त्रीले भने- पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो « Khabarhub

अर्थमन्त्रीले भने- पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हो


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरूको भएको बताएका छन् ।

‘अहिलेसम्म सम्पूर्ण पुँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने, ‘अर्थ मन्त्रालयले स्रोतको व्यवस्थापन र सहजीकरण गर्ने हो।विनियोजित बजेट कार्यान्वयन तथा खर्चको प्रगति हासिल गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयको हो।‘

अर्थमन्त्री पौडेलले बेरुजु फर्स्यौट, वैदेशिक लगानीलाई सहजीकरण, पूँजी परिचालन, आधुनिक प्रविधिको प्रयोग, सेवा प्रवाह लगायतलाई ध्यान दिएर काम गर्न कर्मचारीहरूलाई दिए । 

नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर निलम ढुंगानाले परिसूचकहरूले अर्थतन्त्र बिस्तारै लयमा आएको उल्लेख गर्दै वित्तीय स्थायित्वमा जोड दिइन् ।

अर्थ सचिव घनश्याम उपाध्यायले नियमन र कारबाहीलाई प्रभावकारी बनाउँदै अघि बढ्न आवश्यक भएको धारणा व्यक्त गरे । 

राजस्व सचिव दिनेशकुमार घिमिरेले आन्तरिक सुशासनलाई प्राथमिकता दिनुपर्ने बताए ।
 
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले आगामी वर्षका लागि कार्यतालिका अनुसार बजेट निर्माण प्रक्रिया अघि बढेको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ४५ बजे

कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी

गण्डकीमा चुनावको तयारी तीव्र

गण्डकी– मतदानको दिन आउन ९ दिन बाँकी रहँदा गण्डकी प्रदेशमा

झुलाघाट नाका तीन दिन बन्द हुने

बैतडी– आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको झुलाघाट सीमानाका

मतदाताको प्राथमिकतामा दुलेगौँडा–हर्कपुर मोटरमार्ग

तनहुँ– तनहुँको दुलेगौँडा–हर्कपूर मोटरमार्ग हरेक निर्वाचनमा नेताहरूको चुनावी नारा बन्छ