एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा « Khabarhub

एमालेले गर्ने ‘यूथ सेलिब्रेशन’ कार्यक्रमको तयारी पुरा


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा काठमाडौंको भृकुटीमण्डपमा बिहीबार दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्न लागेको र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । 

उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए । 

उनले सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताए । कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनले जानकारी दिए । कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उनले बताए  ।  

कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नेछन् । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ३१ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई