पाथीभरा क्षेत्र विकास समिति सम्मानित « Khabarhub

पाथीभरा क्षेत्र विकास समिति सम्मानित


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै पाथीभरा क्षेत्र विकास समितिलाई नेपाल ज्योतिष परिषद् कोशी प्रदेशले सम्मान गरेको छ । 

परिषद्ले पाँचथरको फिदिममा आज आयोजना गरेको ‘ज्योतिष, वास्तु, धर्मशास्त्र तथा धार्मिक पर्यटन प्रवर्द्धन कार्यक्रम’ मा समितिलाई सम्मान प्रदान गरेको हो ।
    
समितिले लामो समयदेखि धार्मिक पर्यटनको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याकंन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । समितिका अध्यक्ष रक्की थेबे (लिम्बु) ले सम्मानपत्र ग्रहण गरे। 

फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, नेपाल ज्योतिष परिषद् केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने, परिषद्को कोशी प्रदेश अध्यक्ष बाबुराम निरौला र जिल्ला अध्यक्ष रमेशचन्द्र न्यौपानेले संयुक्त रूपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

ज्योतिष पेसामा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका नेपाल ज्योतिष परिषद् पाँचथरका सल्लाहकार एवं समितिका संयोजक गङ्गाराम भट्टराई र वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भट्टराईलाई समेत सम्मान गरिएको थियो । 

समितिका अध्यक्ष थेबेले परिषद्को सम्मानले धार्मिक पर्यटन प्रवर्द्धनको अभियानमा थप ऊर्जा र प्रेरणा प्राप्त भएको बताए। उनले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेको पाथीभरा क्षेत्रको संरक्षण, व्यवस्थापन र प्रचारप्रसारमा निरन्तर लागिरहने बताउँदै आज समितिलाई सम्मान गर्नेप्रति धन्यवाद व्यक्त गरे।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ४९ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा