राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्रीबीच भेट « Khabarhub

राष्ट्रपति पौडेल र युएईका उपप्रधानमन्त्रीबीच भेट


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले शिष्टाचार भेट गरेका छन् ।

मंगलबारदेखि नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका युएईका उपप्रधानमन्त्री नाह्यानले राष्ट्रपति भवन शीतल निवासमा बुधबार भेट गरेका हुन् । 

भेटमा राष्ट्रपति पौडेलले विश्वका सबै देशहरूलाई जलवायु परिवर्तन विरुद्धको कार्यलाई तीव्र बनाउन आग्रह गर्दै श्रोत साधन आवश्यक भएका देशहरूलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्न समेत अनुरोध गरे। 

उनले विश्व मञ्चहरूमा जलवायु न्यायका लागि आफूले आवाज उठाउँदै आएको र  नेपाल जलवायु परिवर्तनको मारमा परिरहेको बताउँदै नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूको रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको र जलवायु परिवर्तनबाट सिर्जित विपदले हाम्रो दुर्लभ श्रोतसाधनलाई प्रतिकुलता प्रदान गरेको उल्लेख गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।   

राष्ट्रपति पौडेलले भने–‘ संयुक्त अरब इमिरेट्स ४ लाख भन्दा बढी नेपालीहरूको लागि दोस्रो घरको रुपमा रहेको छ । उनीहरूले दुई देश बीच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलको रूपमा पनि काम गरिरहेका छन् । तपाईंको सुन्दर देशमा यति ठूलो सङ्ख्यामा नेपालीहरूलाई रोजगारीको अवसर प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यवाद ।’
.
उनले गत महिना रमजानको पवित्र महिना र ईदको पर्वको पावन अवसरमा १८ जना नेपाली कैदीहरूलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरव इमिरेट्सको मैत्रीपूर्ण कदमको उच्च कदर गर्दै उक्त मानवीय कदमका लागि कृतज्ञता पनि व्यक्त गरे। 

सो अवसरमा (युएई)का उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलको भनाइको उच्च कदर गर्दै तथा ती भावनालाई मार्गदर्शनका रुपमा लिने बताए।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ३९ बजे

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज

विभिन्न स्थानमा आगलागीबाट लाखौँको धनमाल नष्ट

काठमाडौं – देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँको धनमाल जलेर