शिक्षक आन्दोलन सम्बोधनमा ढिलाइ नगर्न समितिको सुझाव « Khabarhub

शिक्षक आन्दोलन सम्बोधनमा ढिलाइ नगर्न समितिको सुझाव


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । 

आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत  सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् । 

बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताइन्। 

‘अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन् । जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ । उनीहरूको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर सरकारलाई सुझाव दिनुपर्छ’, उनले भनिन्। 

उनले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिइन् । सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरूलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गरिन् ।

समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा उठाइएका विषयवस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : १४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई