पूर्णबहादुर तामाङ भन्छन्- अब बर्खास्त हुने पालो केपी ओलीको « Khabarhub

पूर्णबहादुर तामाङ भन्छन्- अब बर्खास्त हुने पालो केपी ओलीको


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बर्खास्तीको पालो आउने बताएका छन् । ऊर्जा राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन् ।

‘अब हामी केपी ओलीलाई नै प्रधानमन्त्रीबाट बर्खास्त गर्नेतर्फ लाग्छौँ । उहाँले पनि जीवनभर प्रधानमन्त्री खाने होइन,’ नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका तामाङले भने, ‘मलाईं उहाँले जसरी बर्खास्त गर्नुभयो, अब बर्खास्त हुने पालो उहाँको हो । यो अभियानमा लाग्छु ।’

पदबाट बर्खास्त गरिनुअघि उनलाई गृहमन्त्री रमेश लेखकले राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले प्रधनमन्त्री ओलीले भन्दैमा राजीनामा नदिने अडान राखेका थिए ।

‘दिउँसो गृहमन्त्री रमेश लेखकले मलाईं फोन गर्नुभयो । प्रधानमन्त्री ओलीले राजीनामा दिन भन्नु भएको छ, तपाईं राजीनामा दिनुस् भन्नुभयो,’ तामाङले भने, ‘जवाफमा मैले मलाई ओली र एमालेले मन्त्री बनाएको होइन, उहाँले भनेको आधारमा मैले कसरी राजनीमा गर्ने भन्दै प्रश्न गरेँ ।’

सभापति शेरबहादुर देउवा मुलुकबाहिर भएको अवस्थामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राजीनामा दिन भने पनि आफू तयार रहेको उनको तर्क थियो ।

‘मेरो पार्टी सभापतिजी स्वास्थ्योपचारका लागि मुलुक बाहिर भएका बेला कार्यवाहक सभापतिले भने पनि म राजीनामा दिने थिएँ,’ तामाङले भने, ‘तर, केपी ओलीले बनाएको भए पो उहाँले भनेको आधारमा मैले राजीनामा दिनु, होइन र ?’

नेता तामाङले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा बोल्दा आफूलाई पदमुक्त गरिएको पनि दाबी गरे । उनले आगामी आर्थिक वर्षका लागि विनियोजन हुने बजेटबारेको छलफलमा राखेका धारणा प्रधानमन्त्रीलाई चित्त नबुझेको हुन सक्ने बताए ।

‘मैले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई नहटाउने भन्दै आएको थिएँ । कुलमानलाई हटाइसकेपछि मैले असन्तुष्टि जनाइरहेँ । राम्रो काम गर्ने मान्छेलाई हटाउन हुँदैन भन्दै आएँ, आज पनि भन्छु,’ तामाङले भने ।

उनले बजेटबारे छलफलका क्रममा प्रधानमन्त्री र आफ्नो कुरा बाझिएको बताए । ‘चैत २८ गते प्रधानमन्त्रीजीले बजेटमा छलफल गर्न मन्त्रिपरिषद् बैठक डाक्नुभएको थियो । बैठकमा प्रधानमन्त्रीजीले तीन करोडभन्दा कमको बजेट बनाउन हुँदैन भन्ने प्रस्ताव गर्नुभयो,’ तामाङले भने, ‘मन्त्रीहरू बोल्दै जाँदा मेरो पालो आयो । मैले यस्तो गर्न नहुने ठाडो जवाफ दिएँ । भूगोल र माटो सुहाँउदो बजेट यसरी नबन्ने तर्क गरेँ । उहाँलाई ‘अब्जेक्सन’ गरे जस्तो लागेको हुनुपर्छ ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : २२ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला