तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

तीनकुने घटना : प्रसाईं र मिश्रसहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राप्रपा नेता रवीन्द्र मिश्र लगायत २४ जनालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरुलाई थप तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।

उनीहरुलाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्ने प्रयोजनका लागि हिरासतमा राख्न अनुमति दिइएको प्रहरीले जनाकारी दिएको छ ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी र मिश्र उच्च रक्तचापको बिरामी भएकाले उनीहरूको स्वास्थ्यमा समस्या देखिए तीन दिन अगाडि नै हाजिर जमानमा छुट्न सक्ने आदेश पनि भएको छ ।

‘तीन दिनको म्याद थप भएको छ । तीन दिनभित्र अनुसंधानको कार्य सम्पन्न गरी पेस गर्नु भन्ने आदेश छ । यदि पेस गर्न नसके हाजिर जमानीमा छाडिदिनु भनिएको छ’, श्रेष्ठले खबरहबलाई भने, ‘यो तीन दीनमा पनि स्वास्थ्य उपचारको पनि ख्याल गर्न आदेश छ । यही तीन दीनमा पनि उहाँहरूको स्वास्थ्यमा थप समस्या आए जुनसुकै बेला छुट्न सक्नुहुन्छ ।’

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जानेगरी भएको भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको थियो ।

सोही आरोपमा पक्राउ परेका राप्रपाका महामन्त्री धवल शमशेर जबरा भने अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ रिहा भएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ११ बजे

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई

दलित सशक्तीकरण ऐन कार्यान्वयनमा सिरहाका पालिका प्रमुखको सामूहिक प्रतिबद्धता

सिरहा – सिरहाका विभिन्न स्थानीय तहका प्रमुखहरूले दलित सशक्तीकरण ऐन,

इजरायली राष्ट्रपतिसँग विपिन जोशीकी आमा र बहिनीको भेट, रिहाइका लागि पहल गरिदिन आग्रह

काठमाडौं – हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको खोजीका

‘ज्याप ईभी’ भाडा सेवा: महिलामैत्री र हरित सवारीतर्फ महत्वपूर्ण कदम

काठमाडौं – काठमाडौंले दिगो शहरी यातायाततर्फ एक महत्वपूर्ण कदम चालेको

समाजवादउन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छः माधव नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले