पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त « Khabarhub

पहलगाम आक्रमणप्रति राप्रपाद्वारा दुःख व्यक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको काश्मिरको पाहलगममा भएको आतङ्ककारी आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ ।

आज एक विज्ञप्ती जारी गर्दै राप्रपाले मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य नहुने बताएको छ ।

‘पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो । जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन । राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा छ,’ पार्टी अध्यक्ष लिङ्देनले जारी गरेको वित्रज्ञप्तीमा उल्लेख छ ।

साथै उक्त आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै राप्रपाले परिवारजनमा समवेदना प्रकट गरेको छ ।

मंगलबार कश्मिरमा आतंककारीले गरेको आक्रमणमा २७ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ५३ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई