बीपी राजमार्गको बेहाल (तस्बिरहरू) « Khabarhub

बीपी राजमार्गको बेहाल (तस्बिरहरू)


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग अझै पुनर्निर्माण सुरु भएको छैन । अहिले पनि पानी पर्नेबित्तिकै सडकको बेहाल हुने गरेको छ । प्रि मनसुनकै समयमा यात्रुहरू ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

बीपी राजमार्गको कटुन्जेदेखि बर्खे खोलासम्म विभिन्न खण्डमा सडक पूर्ण रुपमा ध्वस्त भएको छ । बेला बेला सडक पूर्ण रुपमा अवरुद्ध हुने गर्छ । खुलेको बेला पनि सवारीसाधनलाई बाटो पार गर्न निकै हम्मे पर्छ ।

असोजको बाढीले सडक पूरै बगाएपछि अस्थायी बाटो बनाइएको छ । खोलामा बाढी आउँदा बाटोसम्म पानी आइपुग्ने गरेको छ । ठाउँ ठाउँमा खोलाले बाटो कटान गरिरहेको अवस्था पनि देखिएको छ ।

असोजमा आएको बाढीका कारण काभ्रेको रोशी खोलादेखि सिन्धुलीको नेपालथोकसम्मको १३ किलोमिटर सडक खण्ड पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ भने साढे ८ किलोमिटर सडक जमिन (जग) बाटै पूर्ण रुपमा बगेको छ । बाँकी खण्डमा पनि धेरै ठाउँमा भत्केको छ ।

पूर्ण रुपमा बर्खा नलाग्दै सडकको यो हालत देखिरहेका यात्रु तथा सवारीचालक मध्य बर्खामा झन् के हालत होला भनेर चिन्तित छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ९ : ०८ बजे

इरानका सर्वोच्च नेता खामेनेईको हत्याको विरोधमा काश्मीरमा विशाल प्रदर्शन

श्रीनगर- इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको खबर सार्वजनिक

ओमानको बन्दरगाहमा ड्रोन आक्रमणमा परी विदेशी कामदार घाइते

काठमाडौं- ओमानको दुक्म बन्दरगाहमा ड्रोन आक्रमण भएको छ । ओमान

इरानले यूएईमा हान्यो १३७ मिसाइल र २०९ ड्रोन, जेबेल बन्दरगाहमा आगलागी, दुबई एयरपोर्टमा एक जनाको मृत्यु

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले शनिबार इरानले

कराचीको अमेरिकी दूतावासमा आक्रमण, कम्तीमा ६ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानमा आइतबार एक उग्र भीडले संयुक्त राज्य अमेरिकाको वाणिज्य दूतावासमा

निर्वाचनको दिन यी सवारी साधन चलाउन चाहिँदैन पास

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई