घरको तल्लामा अंशबण्डा गर्न पाइने र जग्गामा न्यूनतम प्लटको कानुन बनाइने « Khabarhub

घरको तल्लामा अंशबण्डा गर्न पाइने र जग्गामा न्यूनतम प्लटको कानुन बनाइने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घरको तल्लामा पनि अंशबण्डा गर्न मिल्ने कानुन बनाउने भएको छ । आर्थिक सुधार कार्ययोजना, २०८२ अन्तर्गत सरकारले आगामी १ वर्षभित्र जग्गा खण्डीकरण रोक्न कानुन जारी गरी त्यस्तो व्यवस्था गर्ने जनाएको हो ।

सरकारले कार्ययोजनामार्फत् सहरी क्षेत्रमा सहरी विकास र आवास विकास गर्न तथा ग्रामीण क्षेत्रमा कृषि चक्लाबन्दी गर्न जग्गा एकीकरण कार्यक्रम समेत आगामी दुई वर्षभित्र सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ ।

घरजग्गाको मूल्य र कारोबारलाई नियन्त्रण गर्न दर्तावाला एजेन्सीमार्फत् मात्रै घरजग्गाको कारोबार गर्ने र मध्यम आय भएका वर्गका लागि आवास सुविधा उपलब्धिमा सहजीकरण गर्न सहकारी आवास सम्बन्धी नीति तथा निर्देशिका लागू गर्ने कार्ययोजना पनि अगाडि सारेको छ ।

त्यस्तै, कार्ययोजनामा दुई लाख अमेरिकी डलर लगानी गर्ने वा बैंकमा निक्षेप गर्ने वैदेशिक लगानीकर्तालाई निश्चित शर्तमा आवास प्रयोजनको लागि फ्ल्याट खरिद गर्न पाउने व्यवस्था लागू गर्न मापदण्डको व्यवस्था गर्ने उल्लेख छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै