घरको तल्लामा अंशबण्डा गर्न पाइने र जग्गामा न्यूनतम प्लटको कानुन बनाइने « Khabarhub

घरको तल्लामा अंशबण्डा गर्न पाइने र जग्गामा न्यूनतम प्लटको कानुन बनाइने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले घरको तल्लामा पनि अंशबण्डा गर्न मिल्ने कानुन बनाउने भएको छ । आर्थिक सुधार कार्ययोजना, २०८२ अन्तर्गत सरकारले आगामी १ वर्षभित्र जग्गा खण्डीकरण रोक्न कानुन जारी गरी त्यस्तो व्यवस्था गर्ने जनाएको हो ।

सरकारले कार्ययोजनामार्फत् सहरी क्षेत्रमा सहरी विकास र आवास विकास गर्न तथा ग्रामीण क्षेत्रमा कृषि चक्लाबन्दी गर्न जग्गा एकीकरण कार्यक्रम समेत आगामी दुई वर्षभित्र सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ ।

घरजग्गाको मूल्य र कारोबारलाई नियन्त्रण गर्न दर्तावाला एजेन्सीमार्फत् मात्रै घरजग्गाको कारोबार गर्ने र मध्यम आय भएका वर्गका लागि आवास सुविधा उपलब्धिमा सहजीकरण गर्न सहकारी आवास सम्बन्धी नीति तथा निर्देशिका लागू गर्ने कार्ययोजना पनि अगाडि सारेको छ ।

त्यस्तै, कार्ययोजनामा दुई लाख अमेरिकी डलर लगानी गर्ने वा बैंकमा निक्षेप गर्ने वैदेशिक लगानीकर्तालाई निश्चित शर्तमा आवास प्रयोजनको लागि फ्ल्याट खरिद गर्न पाउने व्यवस्था लागू गर्न मापदण्डको व्यवस्था गर्ने उल्लेख छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : ४९ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार