रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु « Khabarhub

रूसको अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भ्लादिभोस्तोक– रूसको चुकोतका स्वायत्त क्षेत्रको राजधानी अनादिरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन् । 

अनुसन्धान समितिले शुक्रबार दिएको जानकारीमा प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ । 

स्थानीय समयअनुसार बिहान ३ः१० मा अपार्टमेन्टको एउटा भान्सामा आगो लागेपछि आगोको लप्कासँगै धुवाँको मुस्लो जमिनभन्दा धेरै माथिसम्म देखिएको जनाइएको छ । 

आगलागीका कारण तीन पुरुष र एक महिलाको घटना स्थलमा नै मृत्यु भएको र एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ । उक्त भवनबाट १७ जनालाई उद्धार गरी सुरक्षित स्थलमा लगिएको छ ।  

हाल आगो  नियन्त्रणमा आइसकेको र घटनाको अनुसन्धान भइरहेको सुरक्षा अधिकारीहरूले जनाएका छन् । –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १ : १५ बजे

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा

पहिलो सन्तानलाई जन्म दिँदै सबिन र अनु

काठमाडौँ – कलाकार दम्पति नायक सबिन श्रेष्ठ र नायिका अनु

विश्वकप खेल्न अमेरिका पुगेको इरानी टोली आक्रोशित, राजनीति नगर्न फिफाको चेतावनी

लस एन्जलस – महिनाौंदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र