‘विमानस्थलको बदमासी नारायणकाजी र मैले रोकेका थियौँ, अहिले दैनिक ५० लाख उठाउन थालेछन्’ « Khabarhub

‘विमानस्थलको बदमासी नारायणकाजी र मैले रोकेका थियौँ, अहिले दैनिक ५० लाख उठाउन थालेछन्’


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

पार्टीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत बागलुङ बजारमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले यस्तो बताएका हुन् ।

वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर केन्द्रित भएको गम्भीर आरोप पनि उनले लगाएका छन् । दाहालले सरकारलाई तत्काल सँच्चिन पनि सुझाए छन् । नत्र आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई जनताले विस्थापित गर्ने चेतावनी दाहालले दिएका छन् ।

दाहालले त्रिभुवन विमानस्थलमा उच्चस्तरीय सेटिङमा भइरहेको भिजिट भिसाको नाममा दैनिक ५० लाख असुली गरिएको कुरामा पनि सरकारको कडा आलोचना गरे ।

‘अहिले म सुन्दैछु विमानस्थलमा लाखौँ–करोडौं घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ’, उनले भने, ‘अहिले एउटै रूटबाट सरकारको हातमा ५०औँ लाख परिरहेको छ भ्रष्टाचारको रकमका रूपमा । यस्तो स्थिति भएपछि कसरी देशको आर्थिक स्थितिमा सुधार हुन सक्छ ?’

‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको टोलीले शुक्रबार नै पर्वत सदरमुकाम कुस्मामा रहेको शताब्दी घरमा खाना खाएको छ ।

उक्त घर दिवङ्गत धनराज गरीले करिब ३०० वर्षअघि निर्माण गरेका थिए । हाल उक्त घरमा संग्रहालयको रूपमा कुश्मा कला परियोजना सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ४१ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ