‘विमानस्थलको बदमासी नारायणकाजी र मैले रोकेका थियौँ, अहिले दैनिक ५० लाख उठाउन थालेछन्’ « Khabarhub

‘विमानस्थलको बदमासी नारायणकाजी र मैले रोकेका थियौँ, अहिले दैनिक ५० लाख उठाउन थालेछन्’


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका छन् ।

पार्टीको ‘मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत बागलुङ बजारमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले यस्तो बताएका हुन् ।

वर्तमान सरकार भ्रष्टाचारीहरूको संरक्षण र दलालहरूको हित गर्नेतिर केन्द्रित भएको गम्भीर आरोप पनि उनले लगाएका छन् । दाहालले सरकारलाई तत्काल सँच्चिन पनि सुझाए छन् । नत्र आन्दोलनको आँधीबेहेरी ल्याएर सरकारलाई जनताले विस्थापित गर्ने चेतावनी दाहालले दिएका छन् ।

दाहालले त्रिभुवन विमानस्थलमा उच्चस्तरीय सेटिङमा भइरहेको भिजिट भिसाको नाममा दैनिक ५० लाख असुली गरिएको कुरामा पनि सरकारको कडा आलोचना गरे ।

‘अहिले म सुन्दैछु विमानस्थलमा लाखौँ–करोडौं घोटाला हुने गरेको छ । म प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको बेला हामीले एकपछि अर्को नीतिगत निर्णय गर्दै टाइट गर्दै लगेका थियौँ’, उनले भने, ‘अहिले एउटै रूटबाट सरकारको हातमा ५०औँ लाख परिरहेको छ भ्रष्टाचारको रकमका रूपमा । यस्तो स्थिति भएपछि कसरी देशको आर्थिक स्थितिमा सुधार हुन सक्छ ?’

‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्रको टोलीले शुक्रबार नै पर्वत सदरमुकाम कुस्मामा रहेको शताब्दी घरमा खाना खाएको छ ।

उक्त घर दिवङ्गत धनराज गरीले करिब ३०० वर्षअघि निर्माण गरेका थिए । हाल उक्त घरमा संग्रहालयको रूपमा कुश्मा कला परियोजना सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ४१ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि