सरकारको कार्ययोजनामा परेन नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय « Khabarhub

सरकारको कार्ययोजनामा परेन नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रतिस्पर्धी कम्पनी खोल्ने विषय सरकारको प्राथमिकतामा नपरेको पाइएको छ ।

सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा अहिलेकै नेप्सेलाई पुनर्संरचना गर्ने नाममा नयाँ स्टक एक्सचेञ्जको विषय अगाडि नसारेको हो ।

सरकारले अहिलेकै नेप्सेमा निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि पुनर्संरचना गर्ने आफ्नो कार्ययोजनामा उल्लेख गरेको छ ।

‘निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना गर्ने’, कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसका साथै कार्ययोजनामा नेप्सेको पुनःसंरचनाको कामलाई एक वर्षभित्र नै कार्यान्वयन गर्ने भनिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ५८ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा