नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे « Khabarhub

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताएका छन् । 

नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा) को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको छ’, मन्त्री पाण्डेले भने । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गरिने उनले बताए । ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ’, मन्त्री पाण्डेले भने । 

कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उनको भनाइ थियो । 

मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको बताए । 

युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै उनले लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरिएको बताए । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको मन्त्री पाण्डेले उल्लेख गरे । 

मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे । 

कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए । बिआइटिएम–२०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तव्य मात्र नभएर शान्तिको आध्यात्मिक यात्रास्थल भएको बताए । 

उनले भने, ‘नेपाललाई बौद्ध पर्यटनको केन्द्रका रूपमा विश्वमा पुनः स्थापना गर्न यस प्रकारका अन्तर्राष्ट्रिय कार्यक्रम निर्णायक साबित हुनेछन् । बुद्धको जन्मभूमि नेपाल अब विश्व आध्यात्मिक यात्रा र आत्मअन्वेषणको केन्द्र बन्ने दिशामा अग्रसर छ । हामी नेपाललाई केवल गन्तव्यका रूपमा होइन, आध्यात्मिक यात्राको सुरुआत विन्दुका रूपमा प्रस्तुत गर्दै छौँ ।’

नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले अध्यात्मक पर्यटनमा मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे। नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए। कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए।  –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : १४ बजे

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको