बुद्धिस्ट ट्राभल मार्ट २०२५ सुरु, पर्यटनमन्त्रीले गरे उद्घाटन « Khabarhub

बुद्धिस्ट ट्राभल मार्ट २०२५ सुरु, पर्यटनमन्त्रीले गरे उद्घाटन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्घाटन गरेका छन् ।

बीआईटीएम–२०२५ उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरे । त्यसैगरी मन्त्री पाण्डेले लुम्बिनीलाई ’अन्तर्राष्ट्रिय शान्ति सहर’का रूपमा विकास गर्ने समेत उल्लेख गरे ।

लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उनले बताए । मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्द्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको समेत बताए ।  

कार्यक्रममा नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लार्केल लामाले नेपाल शान्तीको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको जिकिर गरे । 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : ३० बजे

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको

विश्वकपमा आइभोरी कोस्टको रोमाञ्चक जित: ९० मिनेटको गोलले इक्वेडर पराजित

काठमाडौँ – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका म्यानचेस्टर युनाइटेडका अमद