जेठ १५ देखिको आन्दोलन अनुगमनका लागि तीन राजावादी दलले बोलाए मानवअधिकार आयोगलाई « Khabarhub

जेठ १५ देखिको आन्दोलन अनुगमनका लागि तीन राजावादी दलले बोलाए मानवअधिकार आयोगलाई


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी जेठ १५ गतेदेखि सुरूराजसंस्था पुनःस्थापनाका पक्षमा हुन लागेको आन्दोलनको पर्यवेक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरिएको छ ।

संयुक्त जनआन्दोलन समितिले शुक्रबार आयोगको ललितपुरस्थित कार्यालयमा पुगेर यस्तो आग्रह गरेको हो । समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै आयोगलाई आवश्यक निगरानी गर्न भनेका हुन् ।

नेताहरूले सरकार पक्षबाट आएका केही अभिव्यक्तिहरू हिंसात्मक र भड्काउ प्रवृत्तिको रहेको जनाउँदै त्यसप्रति आयोगले प्रभावकारी निगरानी गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले ‘राजसंस्थावादी आन्दोलनप्रति राज्यको पूर्वाग्रही दृष्टिकोणले वातावरणलाई अशान्त बनाउने खतरा रहेको’ भन्दै चिन्ता जनाएका छन्।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार नेताहरूले आयोगमा आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण र अहिंसात्मक हुने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

राजसंस्था पुनःस्थापनाको पक्षमा जुटेका तीन दलको उक्त आन्दोलनको प्रभाव र आगामी दिनमा उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राख्दै नागरिक समाज, मानवअधिकार र सुरक्षासम्बन्धी संस्थाहरूले चासो देखाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : २४ बजे

तीन दिनपछि नारायणघाट–बुटवल सडकको दाउन्‍ने खण्ड एकतर्फी खुल्‍यो

काठमाडौँ – शुक्रबारदेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्डमा आइतबार

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन