जेठ १५ देखिको आन्दोलन अनुगमनका लागि तीन राजावादी दलले बोलाए मानवअधिकार आयोगलाई « Khabarhub

जेठ १५ देखिको आन्दोलन अनुगमनका लागि तीन राजावादी दलले बोलाए मानवअधिकार आयोगलाई


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी जेठ १५ गतेदेखि सुरूराजसंस्था पुनःस्थापनाका पक्षमा हुन लागेको आन्दोलनको पर्यवेक्षण गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई आग्रह गरिएको छ ।

संयुक्त जनआन्दोलन समितिले शुक्रबार आयोगको ललितपुरस्थित कार्यालयमा पुगेर यस्तो आग्रह गरेको हो । समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टले आन्दोलन शान्तिपूर्ण हुने बताउँदै आयोगलाई आवश्यक निगरानी गर्न भनेका हुन् ।

नेताहरूले सरकार पक्षबाट आएका केही अभिव्यक्तिहरू हिंसात्मक र भड्काउ प्रवृत्तिको रहेको जनाउँदै त्यसप्रति आयोगले प्रभावकारी निगरानी गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले ‘राजसंस्थावादी आन्दोलनप्रति राज्यको पूर्वाग्रही दृष्टिकोणले वातावरणलाई अशान्त बनाउने खतरा रहेको’ भन्दै चिन्ता जनाएका छन्।

राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार नेताहरूले आयोगमा आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण र अहिंसात्मक हुने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

राजसंस्था पुनःस्थापनाको पक्षमा जुटेका तीन दलको उक्त आन्दोलनको प्रभाव र आगामी दिनमा उत्पन्न हुने परिस्थितिलाई ध्यानमा राख्दै नागरिक समाज, मानवअधिकार र सुरक्षासम्बन्धी संस्थाहरूले चासो देखाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : २४ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ