‘संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयलाई अघि बढाउन कांग्रेस दृढ छ’ « Khabarhub

‘संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयलाई अघि बढाउन कांग्रेस दृढ छ’


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताएका छन् ।  

नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको एक कार्यक्रममा सभापति देउवाले यसअघि कांग्रेस नेतृत्वको सरकारले विभिन्न महत्त्वपूर्ण कानुन ल्याएको भन्दै अव पनि संसदमा विचाराधीन रहेका निजामती, शिक्षा लगाएका महत्त्वपूर्ण विधेयहरूलाई अघि बढाउन कांग्रेस दृढ रहेको बताए ।

उनले सदनले पारित गरेका कानुनहरूलाई व्यवहारमा नै कार्यान्वयन गर्नु आवश्यक रहेको धारणा राखे । नेपालको वर्तमान संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी गरेको भन्दै उनले संविधानले योगदानमा आधारित सुरक्षाको प्रत्याभूत गरेको जिकिर गरे । श्रमसम्बन्धी विभिन्न कानुनहरू पनि आफूहरू प्रधानमन्त्री भएकै समयमा जारी गरिएको उनले बताए ।  

सभापति देउवाले श्रम क्षेत्रको कानुन कार्यान्वयनमा केही समस्या रहेको गुनासो आएको भन्दै श्रम ऐनको पूर्ण कार्यान्वयनमा कांग्रेसले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ४२ बजे

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको