प्रचण्डको चेतावनी- सरकार उल्टो बाटोमा हिँड्यो, अब ठूलो जनविद्रोह गर्छौँ « Khabarhub

प्रचण्डको चेतावनी- सरकार उल्टो बाटोमा हिँड्यो, अब ठूलो जनविद्रोह गर्छौँ


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् ।

माओवादी केन्द्रको ‘मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम’ अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।

उनले सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए ।

दाहालले प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको बताए । उनले जनतामा आन्दोलनको अपिल गरिनसकेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए ।

विगतमा पनि माओवादीका मुद्दाहरूलाई राज्यले गम्भीर रुपमा नलिँदा १० वर्षे जनयुद्ध भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा गरेको कयौँ काम अहिलेको सरकारले बिगारेको बताए ।

माओवादीलाई बलियो बनाउन पार्टीका सब नेताहरू देश दौडाहमा हिँडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दाबी गरे ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ५८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ