प्रचण्डको चेतावनी- सरकार उल्टो बाटोमा हिँड्यो, अब ठूलो जनविद्रोह गर्छौँ « Khabarhub

प्रचण्डको चेतावनी- सरकार उल्टो बाटोमा हिँड्यो, अब ठूलो जनविद्रोह गर्छौँ


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

बागलुङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रतिको आक्रोशलाई समयमा नै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताएका छन् ।

माओवादी केन्द्रको ‘मध्यपहाडी लोकमार्ग जागर कार्यक्रम’ अन्तर्गत शुक्रबार बागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले जनतामा दिनप्रतिदिन आवेग र आक्रोश बढ्दै जाँदा पनि सरकार उल्टो बाटोमा हिँडिरहेको बताए ।

उनले सरकारप्रतिको आक्रोशलाई समयमै सम्बोधन गर्न नसके ठूलो जनआन्दोलनको स्थिति बन्ने बताए ।

दाहालले प्रतिपक्षी दलको हैसियतले सरकारलाई खबरदारीमात्रै गरेको बताए । उनले जनतामा आन्दोलनको अपिल गरिनसकेको भन्दै सरकार यही रूपमा अघि बढे बर्खापछि ठूलो जनविद्रोह गर्ने चेतावनी दिए ।

विगतमा पनि माओवादीका मुद्दाहरूलाई राज्यले गम्भीर रुपमा नलिँदा १० वर्षे जनयुद्ध भएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुँदा गरेको कयौँ काम अहिलेको सरकारले बिगारेको बताए ।

माओवादीलाई बलियो बनाउन पार्टीका सब नेताहरू देश दौडाहमा हिँडेको उल्लेख गर्दै प्रचण्डले माओवादी बलियो भए भ्रष्टाचार अन्त्य र नयाँ आर्थिक क्रान्तिका साथ समाजवादको नयाँ मोडलतर्फ देशलाई अघि बढाउने दाबी गरे ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ५८ बजे

निर्वाचनको वातावरण सकारात्मक र शान्तिपूर्ण छ : पर्यवेक्षक संस्थाहरू

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका चारवटा पर्यवेक्षक संस्थाले सम्पूर्ण तयारी

पञ्चकन्या माविमा हस्तकला प्रतियोगिता

टक्सार– स्थानीय विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँ

इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो

काठमाडौं- इरानको बालिका विद्यालयमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या

मध्यपूर्वको तनावले ओली चिन्तित

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा

काठमाडौं–२ का मतदाताका मुद्दा : भ्रष्टाचार नियन्त्रण र रोजगारी

काठमाडौं– आज बिदाको दिन, कागेश्वरी मनोहरा नगरपालिकाको भवन अगाडिको बिसौनीमा