मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय चुलो वितरण « Khabarhub

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय चुलो वितरण


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुनदेवी उपभोक्ता समितिअन्तर्गतका उपभोक्तालाई आज निःशुल्क रूपमा विद्युतीय चुलो वितरण गरिएको छ ।

समितिको शुक्लाफाँटा नगरपालिका ६ कसरौलस्थित कार्यालयमा आयोजित कार्यक्रममा ८५ जना उपभोक्तालाई विद्युतीय चुलो वितरण गरिएको हो । उपभोक्तालाई विद्युतीय चुलोसँगै कुकर, तवा, कराइलगायत भाँडा निःशुल्क रूपमा वितरण गरिएको छ ।
 
विद्युतीय चुलो खरिदका लागि नगरपालिकाले प्रतिसेट चार हजार रुपैयाँ, कनेक्ट परियोजनाले चार हजार रुपैयाँ, हिमाली प्रकृति र साडा नेपालले दुई/दुई हजार रुपैयाँका दरले लागत साझेदारी गरेका छन् । 

चुलो वितरण कार्यक्रममा नगर प्रमुख रणबहादुर महराले घरेलु इन्धनका रूपमा अझै पनि विपन्नताको अवस्थामा रहेका परिवारले दाउराको प्रयोग गर्दै आएकोमा निःशुल्क रूपमा चुलो पाइएपछि वन माथिको निर्भरता कम हुने बताए । 

नगर उपप्रमुख कल्पना पन्तले चुलो वितरणको कार्यले महिलाहरूले पिठ्युँमा दाउराको भारी बोकेर दिनहुँ वन क्षेत्र पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताइन् । चुलो वातावरणमैत्री भएकाले वातावरण संरक्षणमा यस कार्यले टेवा पुर्‍याउने बताइन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवदेव विष्टले जलवायु परिवर्तनको प्रत्यक्ष मारमा मध्यवर्ती क्षेत्रका बासिन्दालाई परेको बताए। निकुञ्ज क्षेत्रबाट आहारको खोजीमा निष्कने जङ्गली जनावर बस्तीमा छिर्दा द्वन्द्वको अवस्था सिर्जना हुँदै आएको बताए । 

‘मध्यवर्ती क्षेत्रका बासिन्दाले घाँसपात दाउरालगायत ल्याउनका लागि वन क्षेत्रमा जाँदा बन्यजन्तुसँग द्वन्द्वको अवस्था सिर्जना हुनसक्छ’, उनले भने, ‘दाउरा बिना नै विद्युतीय चुलोमा खाना बनाउन पाइने भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाले वनभित्र छिर्दैन, वन्यजन्तुसँगको द्वन्द्व हुने सम्भावना हुँदैन ।’-रासस
 
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : २६ बजे

एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान

काठमाडौँ– नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको