चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम « Khabarhub

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ ।

मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । अन्नपूर्ण गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लद्यु उद्यम विकास कार्यक्रममार्फत यही जेठ ५ गतेदेखि सुरु भएको तालिम २४ गतेसम्म सञ्चालन हुनेछ ।

तालिममा १७ जना सहभागी रहेको अन्नपूर्ण गाउँपालिकाका उद्यम विकास सहजकर्ता विष्णु गौतमले जानकारी दिए । तालिममा निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बुन्न सिकाइने उनले बताए ।

चोयाका सामान बनाउने सीप सिकाउन रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका अनिल पाइजालाई प्रशिक्षकका रुपमा ल्याइएको छ । चिमखोलाका बासिन्दामा निगालोबाट आकर्षक डोका बनाउने सीप छ ।

फ्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन सीप सिकाउन थालिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए। प्रति डोकालाई रु एक हजारदेखि दुुई हजार पाँच सय मूल्य पर्छ ।

गाउँमै रहेको कच्चापदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण घटाउने प्लास्टिकजन्य सामानको आयात घटाइ आयआर्जनको अवसर सिर्जना हुने उपाध्यक्ष तिलिजा पुनले बताए ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : ११ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास