हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन « Khabarhub

हैदराबादले आरसीबीलाई ४२ रनले हरायो, ईशान किशनले ४८ बलमा बनाए ९४ रन


९ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– प्लेअफबाट बाहिरिइसकेको सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको ६५औं खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लाई ४२ रनले पराजित गरेको छ।

लखनऊको इकाना स्टेडियममा आरसीबीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । हैदराबादले २० ओभरमा ६ विकेट गुमाउँदै २३१ रन बनायो ।

जवाफी पारीमा बेंगलुरुको टोली १९.५ ओभरमा १८९ रनमा अलआउट भयो। बेंगलुरुका लागि फिल सल्टले ६२ र विराट कोहलीले ४३ रन बनाए ।

एसएचआरका प्याट कमिन्सले ३ विकेट लिए भने हर्षल पटेल र ईशान मलिंगा दुवैले २–२ विकेट लिए ।

एसएचआरका तर्फबाट ईशान किशनले ४८ बलमा अविजित ९४ रनको विस्फोटक पारी खेले ।

उनले ७ चौका र ५ छक्का प्रहार गरे। किशनबाहेक अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासनले २४ रन बनाए । रोमारियो शेफर्डले २ विकेट लिए ।

दुवै टिमको प्लेइङ–११

रोयल च्यालेन्जर्स बेंगलुरु : जितेश शर्मा (कप्तान), विराट कोहली, फिल सॉल्ट, मयंक अग्रवाल, टिम डेविड, रोमारियो शेफर्ड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, यश दयाल, सुयश शर्मा र लुंगी एनगिडी ।

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), ट्र्याविस हेड, अभिषेक शर्मा, ईशान किशन, नितीश कुमार रेड्डी, हेनरिक क्लासन (विकेटकीपर), अनिकेत वर्मा, अभिनव मनोहर, हर्षल पटेल, जयदेव उनाडकट र ईशान मलिंगा ।

4o

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ११ : ५९ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ