स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ « Khabarhub

स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक अहमद खानलाई फिल्म ‘वेल्कम टू जङ्गल’को छायाङ्कन पूरा गर्न कठिन भएको छ ।

सन् २०२३ मै छायाङ्कनमा सुरु भए पनि अहिलेसम्म यसको खिच्ने काम पूरा भएको छैन । ७० प्रतिशत मात्रै छायाङ्कन भएको बुझिएको छ ।

अहिलेको अवस्थामा यो फिल्मको छायाङ्कन बन्द छ । आर्थिक समस्यामा परेपछि यो फिल्मको छायाङ्कन रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

निर्माण पक्षले दुई वर्षसम्म छायाङ्कन नसकिनुको कारण कलाकारहरुको समय नमिलेको बताएको छ ।

यस फिल्ममा नायक अक्षय कुमार, सञ्जय दत्त, सुनील शेट्टी, अरशद वारसी, परेश रावल शीर्ष भूमिकामा रहेको बताइएको छ ।

नायिकाहरुमा रवीना टन्डन, लारा दत्ता, ज्याकलिन फर्नान्डिज र दिशा पाटानी रहेका छन् ।

उनीहरुसहित जोनि लिवर, राजपाल यादव, तुषार कपूर, श्रेयस तलपडे, कृष्णा अभिषेक र कीकु शारदालगायतका स्टार कलाकारको अभिनय रहेने बताइएको छ ।

यस फिल्ममा १६ जनाभन्दा बढी स्टार कलाकारको अभिनय रहने निर्माण पक्षको दाबी छ ।

यो फिल्मको छायाङ्कन पूरा नहुनुको कारण आर्थिक संकट नै प्रमुख रहेको भारतीय मिडियाहरुको दाबी छ।

तर, निर्माण पक्षले छायाङ्कन रोकिनुको कारण राजनीति विषय रहेको बताएको छ । बाँकी ३० प्रतिशत छायाङ्कन कश्मिरमा गर्ने तालिका रहेको र त्यहाँको अवस्था अहिले सामान्य नरहेकाले काम अगाडि बढ्न नसकेको निर्माण पक्षको दाबी छ ।

अर्थात् निर्माण पक्षले छायाङ्कन प्रभावित हुनुको कारण ‘पहलगाम आतङ्कवादी हमला’ देखाएको छ ।

अब भने निर्माण पक्ष छायाङ्कन निस्कने तयारीमा रहेको खबर भारतीय मिडिया इन्डिया टुडेले लेखेको छ ।

कश्मिरमा हुने भनिएको छायाङ्कनका लागि निर्माण पक्षले वैकल्पिक स्थान हिमाचल फाइनल गरेकाले काम अगाडि बढ्ने खबर बाहिरिएको हो ।

निर्देशक अहमद खानको दाबीले पनि यो फिल्मको छायाङ्कन फेरि सुरु हुने संकेत गर्छ । उनले आर्थिक कारणले फिल्मको छायाङ्कन प्रभावित नभएको दाबी गरे ।

उनले भने, ‘फिल्मको छायाङ्कन रोकिनुको कारण सुरक्षा र मौसम हो । अर्को कारण कलाकारको समय व्यस्थापन हो । आर्थिक कारणले फिल्म रोकिएको होइन ।’

निर्देशकको दाबी यस्तो भए पनि छायाङ्कन फेरि सुरु हुनेबारे उनले कुनै जानकारी दिएका छैनन् ।

’वेल्कम टू जङ्गल’ फिल्म ‘वेल्कम’को सिक्वेल हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : १० बजे

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

सिंहदरबार छिर्न नपाएपछि जेन-जी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए मागपत्र

काठमाडौं– जेन-जी संयुक्त समूहले दिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन– राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं

काठमाडौं- पार्टी चलाउन विचार, उद्देश्य र वस्तुपरक योजना चाहिन्छ ।

सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयमा