रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट « Khabarhub

रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

लिड्स – भारत र इङ्गल्यान्ड बीचको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख भएको छ। लिड्समा जारी टेस्टको तेस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारीमा २ विकेट गुमाएर ९० रन जोडेको छ। यसले यो टेस्ट रोचक बन्ने देखिएको छ। भारतको आक्रामक ब्याटिङविरुद्ध इङ्गल्यान्डले समेत गतिलो जवाफ दिएपछि खेल रोचक बनेको हो।

भारतका लागि के एल राहुल ४७ तथा कप्तान शुभमन गिल ६ रनमा खेलिहेका छन्। यसअघि भारतले पहिलो पारीमा ४७१ रन बनाएको थियो भने इङ्गल्यान्डले ४६१ रन जोडेको थियो।

इङ्गल्यान्डका ओलिप पोपले १०६ रन जोडे भने हेरी ब्रुक ९९ रनमा आउट भए। यसैगरी जेम स्मिथले ४० रन जोडे। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए। यसैगरी प्रसिद्ध कृष्णले २ विकेट लिए।

यसअघि भारतले ४७१ रन जोडेको थियो। भारतीय पारीमा तीन ब्याट्सम्यानले शतक प्रहार गरेका थिए। कप्तान शुभमन गिलले सर्वाधिक १४७ रन प्रहार गरे। ऋषभ पन्तले १३४ तथा यसस्वी जयसवालले १०१ रन जोडेका हुन्। भारतको तीन र इङ्गल्यान्डको एक गरेर चार वटा शतक प्रहार भएका हुन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ०६ बजे

डडेलधुरा पुगेर माफी मागे सागर ढकालले

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध सागर ढकालले डडेलधुरा पुगेर माफी

देशका विभिन्न स्थानमा हिमपात (तस्बिरहरू) 

काठमाडौं– देशका विभिन्न स्थानमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि

अर्को युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ : ट्रम्प 

एजेन्सी– संयुक्त राज्य अमेरिकाका  राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक भाषणमा

विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई कांग्रेसको निर्देशन

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका