रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन् « Khabarhub

रास्वपा सांसद नेपालीको आरोप- मानव तस्करीलाई कांग्रेस-एमाले नै मलजल गर्न लागेका छन्


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले मानव तस्करी मानवताविरुद्धको घोर अपमान रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो जघन्य अपराध सरकारकै संरक्षणमा भइरहेको आरोप लगाए ।

उनले यस्तो गम्भीर अपराधमा पनि दुई ठूला दल मिलेर बनेको सरकार मौन बस्नुले उसैकै संलग्नता पुष्टि गर्ने बताएका छन् ।

‘मानव तस्करीको जघन्य, संगठित र अन्तर्राष्ट्रिय अपराध आज विकराल रुपमा उजागर भएको छ । भिजिट भिसाको नाममा नेपालीहरुलाई विदेशमा बेचबिखन गर्ने तस्करी यो अपराधमात्रै होइन, मानवताको घोर अपमान हो’, उनले भने, ‘यो र्‍याकेट नेपालमै बसेर राज्यको संरक्षणमा सञ्चालित छ । दुःखको कुरा अपराधीलाई कारबाही गर्नुको साटो राज्य नै बचाउन लागेको छ । यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूलो दलको सरकार किन मौन छ ? यो सरकारको अपराधिक गिरोहसँग कुनै साँठगाँठ त छैन ? कि यो तपाईंहरूको लाचारीपनको संकेत हो ?’

नेता नेपालीले आफूहरू कुनै दल र नेताको विरोधमा नभएर मानव तस्करीविरुद्ध रहेको बताए । नेपाललाई मानव तस्करीको ट्रान्जिट बनाउने छुट कसैलाई नरहेको उनले बताए ।

सरकारले तत्कालै उच्चस्तरीय संसदीय समिति वा न्यायिक आयोग गठन गर्नुपर्ने उनले माग गरे ।

सरकारले आफूहरुको आवाजलाई दबाउने र शक्ति देखाउने खेल बन्द गर्नुपर्ने उनले बताए । आफूहरूको माग प्रष्ट रहेको बताउँदै सदन बहिस्कार जारी राख्ने जानकारी दिए ।

‘हामी कुनै दल वा नेताको विरोधमा होइनौँ। हामी राष्ट्रको गरिमा र जनताको जीवनको पक्षमा दृढरुपमा उभिएका छौँ’, उनले भने, ‘मानव तस्करी, भ्रष्टाचार र कुशासनविरुद्ध हाम्रो अडान स्पष्ट छ । तर, जनताको पक्षमा बोलेको भन्दै हाम्रो दबाउने र धम्क्याउने काम भइरहेको छ । सरकारले अब जनताको मुद्दा उठाउनु अपराध मान्न थालेको हो ?’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : २४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले